Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

किशोरी शिक्षाको प्रभावले बालिका विद्यालय जान तयार

\"\"महोत्तरी, २३ वैशाख । वल्र्ड एजुकेसनको सहयोगमा सञ्चालित किशोरी शिक्षा कार्यक्रमको प्रभावको कारण महोत्तरीका सयैं बालिका विद्यालय जान तयार भएका छन् । चरम गरिबीको कारण घरको काममा सीमित रहेका यस क्षेत्रका दलित तथा मुस्लिम समुदायका बालिकाहरु किशोरी शिक्षाको प्रभावले विद्यालय भर्ना हुने तरखरमा रहेका छन् । घरको कामसँगै विद्यालय भर्ना हुने अवसर जुट्ने भएकाले किशोरी शिक्षामा पढ्न सुरु गरेको रामगोपालपुर गाउँपालिका– ४ बसविट्टीकी शोभा कुमारी सदाले बताइन् । किशोरी शिक्षाको सम्बन्धमा आमा बुबालाई सम्झाएपछि आफू पढ्न पाएकी शोभाले बताइन् । उनीसँगै सो वडाका २३ बालिका कक्षामा समावेश भएका छन् । प्राय शिक्षाबाट टाढै राखिने मुस्लिम बालिकाहरू किशोरी शिक्षाका थप कक्षामा धक खोलेर पढ्दै छिन् । प्रायः १४ वर्ष माथिका ती किशोरी केही उर्दू पढ्दापढ्दै छोडेका कोही सामुदायिक विद्यालयकै एक वा दुई कक्षासम्म पढेर छोडेको र अधिकांश विद्यालयको मुख नै नदेखेका समेत रहेकोमा हाल किशोरी शिक्षा कार्यक्रमले उनीहरुलाई विद्यालय भर्ना हुन मद्दत गरेको किशोरीहरुको भनाइ छ । समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालित किशोरी शिक्षा कक्षामा अध्यनरत अधिकांश किशोरी आफूहरु अव विद्यालय भर्ना हुन तयार रहेको र भर्ना हुन परीक्षा नै लिए निर्धक्कसाथ परीक्षा दिनसक्ने बताउँछन् । किशोरी शिक्षा कक्षामा सरसफाइ, बालविवाहका साथै विभिन्न आधारभूत शिक्षाका साथै विद्यालयमा पढाइने ज्ञानसमेत दिइएको पर्सा देवाड की– १४ वर्षीय फरहिन खातनु बताउँछिन् । उनीसँगै आमा कक्षामा अध्ययनरत उनकी आमाले आफूले समेत कक्षामा आएर विभिन्न कुरा सिकेको र सो व्यवहारमा समेत उतार्ने गरेको बताइन् । त्यस्तै सम्सीकी– १२ वर्षीय जिकरा खातुनले आफूले सोही कक्षामा बालविवाह गर्न नहुने शिक्षा पाएकाले आफू बालविवाह नगर्ने प्रण गर्दै अरुलाई समेत बालविवाह नगर्न जनचेतना जगाउने बताइन् । किशोरी शिक्षाको माध्यमले विद्यालय भर्ना हुनपढ्दै गरेकी किशोरीहरुलाई आफ्नो पढाइलाई निरन्तरता दिन सम्बन्धित सरोकारवाला निकायसमक्ष जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुण शङ्कर पाठकले आग्रह गर्नुभएको हो । उनले शिक्षा भए जीवन उज्यालो हुने बताउँदै कुनै पनि हालतमा पढाइ नछोड्न आग्रह गरे । त्यस्तै महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि खुश्वु जयसवालले किशोरी शिक्षामा अध्ययनरत किशोरीहरुको पढाइप्रतिको जाँगर देखेर आफू निक्कै प्रभावित भएको बताए । उनले किशोरीहरुले पढाइलाई निरन्तरता दिनसके उनीहरुले समाज र देशकै अनुहार फेर्नसक्ने बताए । समाज विकास केन्द्रले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १६ वटा कक्षाको माध्यमले ५२० किशोरीलाई विद्यालय भर्ना हुन सक्षम बनाउन कक्षा सञ्चालन गर्दै आएको छ भने किशोरी शिक्षामा अध्ययनरत किशोरीहरुका २१५ जना आमालाई समेत शिक्षाको साथै चित्रकलालगायतका तालिम दिई आत्मनिर्भर बनाइरहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending