Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

पाँच गाउँपालिकामा दलित महिलाको उम्मेदवारी शून्य

\"\"काठमाडौँ, २३ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार डोल्पा जिल्लाका छार्का ताङसोङ र डोल्पो बुद्ध, मनाङको नारफु, मुस्ताङको लोमन्थाङ र हुम्लाको नाम्खा गाउँपालिकामा वडा सदस्यका लागि दलित महिलाको उम्मेदवारी परेको छैन । ती गाउँपालिकाका २८ वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी शून्य देखिन्छ । अन्य गाउँपालिका र नगरपालिकामा समेत अत्यन्त कमको उम्मेवार परेको र निर्विरोध निर्वाचित भएको पाइन्छ । मुस्ताङको दालोमे गाउँपालिकामा वडा सदस्यका लागि एक दलित महिलाको उम्मेदवारी परेको छ भने गोरखाको चुम नुव्री गाउँपालिकामा दुई जनाको उम्मेदवारी परेको छ । डोल्पा जिल्लाको शे फोक्सुन्डा गाउँपालिकामा दुई जनाको उम्मेदवारी परेको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा तीन जनाले उम्मदवारी दिएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका तीन वटा वडामा पनि दलित महिलाको उम्मेदवारी परेन । दुई हजार पाँच सय ९८ वडामध्ये अधिकांश वडामा दलित महिला निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुँदैछ । त्यसमा महानगरपालिका चार, उपमहानगरपालिका एक, नगरपालिका ९२ र गाउँपालिका एक सय ८६ छन् । यी सबै गरी दुई सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित हुन्छन् । तीन प्रदेशमा रहेका कुला दुई हजार पाँच सय ९८ वडामा दलित महिला सदस्यका लागि सात हजार पाँच सय ८३ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी तीन प्रदेशभित्रका नगरप्रमुख/गाविस अध्यक्षका लागि दलित समुदायबाट करिब सात जना तथा उपप्रमुख/उपाध्यक्षका लागि करिब २४ जना उम्मेदवार छन् । संविधानमा वडाध्यक्ष र चार सदस्यमध्ये दलले उठाउने उम्मेदवारमा एक महिला र एक दलित महिला हुनुपर्ने व्यवस्था गरिएको छ । विभिन्न राजनीतिक दलका नेत्री तथा महिलाअधिकारकर्मीले सबै वडामा दलित महिला उम्मेदवार नभएकाले ऐन संशोधन गरी दलित नभएका वडामा महिलालाई ल्याउनुपर्ने माग गर्दै आएका छन् । नेपाली काँग्रेसका सांसद आरजु देउवाले केही दिनअघि व्यवस्थापिका–संसद्मा सबै वडामा दलित महिला उम्मेदवार नभेटिँदा कुल महिला प्रतिनिधित्वमा कमी आउने भएकाले सो व्यवस्थालाई संशोधन गरी दलित महिला उम्मेदवार नरहेको वा नभेटिएको वडामा आदिवासी, जनजाति, सीमान्तकृत महिला वा अतिविपन्न महिला उम्मेदवार गराउन सकिने गरी संशोधन गर्न माग गरेकी थिइन् । दलित महिलाहरुले भने वडा सदस्यसँगै गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडाध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्वको सुनिश्चितताको माग गर्दै आएका छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ को दफा (६) को उपदफा (२) मा उल्लिखित गाउँपालिका र नगरपालिकाका वडा समितिमा दुई महिलामध्ये एक दलित अनिवार्य हुने प्रावधान छ । नेकपा (माओवादी केन्द्र) की नेत्री तथा सांसद अनिता परियारले कतिपय वडामा दलित महिला नभएका कारण उम्मेदवारी शून्य भएको भन्ने होइन, त्यहाँका दलित समुदाय सङ्गठित नभएर उम्मेदवारी आएन भन्ने बुझ्नुपर्ने बताइन् । नेकपा (एमाले) की नेत्री तथा सांसद टेकु नेपालीले दलित पुरुषले दलित महिलालाई घर बाहिर निस्कन नदिने र घरको काममै सीमित गर्ने भएका कारण पनि महिलाले उम्मेदवारी दिने आँट नगरेको टिप्पणी गरिन् । राजनीतिक चेतनाको कमीले गर्दा पनि दलित महिलाले उम्मेदवारी नदिएको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending