Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

मुसहर भन्छन्–वाचा पुरा गरेर आउनेलाई भोट, नत्र ‘नो’ भोट

\"\"चितवन, २२ वैशाख । बिहीबार १० बजेतिर रत्ननगर नगरपालिका वडा नम्बर ८ मा रहेको मुसहर वस्तीमा पुग्दा खेसरीलाल मुसहर ब्रसले दाँत माझ्दै थिए । कोही आफ्नो घर अगाडि बाटोमा छरिएको गिटी बालुवा सम्याउँदै थिए । कोही नयाँ घर बनाउँदै पनि थिए त कसैको भान्छामा खाना पाक्दै थियो । हालखबर सोध्ने बित्तिकै खेसरीलालले प्रतिप्रश्न गरे, “सूचना लिन धेरै आए । खै हामीलाई के भो र रु अहिले दिएर के हुन्छ रु हामीले के पाउँछ ?” उनी आक्रोश पोखेर घरभित्र छिरे । बलिराम र बास्मतीसँग कुरा हुँदै थियो । खाना खाएर एकछिनमा निस्किए खेसरीलाल । मेरो आग्रहमा बातचित गर्न राजी भए । “चुनाव आउँछ नि, नेताहरु भन्छन् यो गर्छु भनेर, कुर्सीमा जब मासु भात खान थालेपछि त्यो नुन खुर्सानी हेर्छ कि हेर्दैन नि, अनि हामी सानोलाई के हेर्नु,” खेसरीलालले विगत सम्झँदै भने । खेसरीलालसँगको कुराकानी सुरु भएपछि वरिपरिका मुसहरहरु झुम्मिन थाले । बोलेको कुरा पु¥याइदिए त हुन्थ्यो भन्ने उनीहरुको सामूहिक भावना थियो । गुम्सिएको पीडा पोख्दै खेसरीलालले भने – “भोटको आशमा आउँछन्, म यस्तो गर्दिन्छु भन्छ । मेरो भनाइ एउटै छ पहिले गरेर देखाउ । अहिले नमस्कार आफैं गर्न आउँछ, जितेपछि हामीले नमस्कार ग¥यो भने हातै उठाउँदैन, भेट्न गयो भेट्दैन ।” यो पीडा खेसरीलालको मात्रै होइन । बलिराम, महिला अगुवा बास्मती, छिमेकी गाउँ मालपुरका अक्कल बहादुर र भगन्तिया मुसहरको गुनासो पनि यस्तै छ । गाउँको विकासमा कुनै दलले वास्ता गरेनन् । उनीहरु आफैंले पहल गरे । नगरपालिकाबाट बजेट ल्याए । केही गैरसरकारी संस्थालाई गुहारे र गाउँको विकासमा जुटे । चुनावको रौनक मुसहर वस्तीमा एकदमै धेरै छ यसपालि । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेदवार यहाँ भोट माग्न आइसकेका छन् । “हामीलाई भोट दिनुस्, तपाईहरुको समस्या हेर्दिन्छम् भनेका छन्,” बलिरामले भने – “अधुरो ढल पूरा गर्नुप¥यो भनेका छौं । खाने पानीको समस्या छ, वस्ती व्यवस्थापन अधुरो छ भनेका छौं ।” अहिले रत्ननगरको चित्रसारीमा रहेको २४ घरधुरीको मुहार फेरिन लागेको छ । पुरानो थोत्रो एउटै कोठा भएको घर विस्थापित गरी सबै नयाँ घर बनाउँदै छन् । “के गर्ने नेताले हेरेनन्, आफैंले गर्नुप¥यो नि,” बास्मतीले भनिन् । नेताहरु जिते पछि काम गर्ने वाचासहित भोट मागेर फर्किएका छन् मुसहर वस्तीबाट । जिताउन त जिताउने, जिताइसकेपछि मुखै देखाउन नआउने भएकाले भोट दिएको पनि अर्थ लाग्दैन भन्छन् उनीहरु । अघिल्लो चुनावमा जितेर गएपछि नेताले मुखै देखाउन नआएको भन्दै बलिरामले दुखेसो पोखे । मुसहर समुदायबाट दुई उम्मेदवार यसपालि पहिलो पटक रत्ननगरकै दुईजना मुसहर महिला उम्मेदवार बनेका छन् । रत्ननगर वडा नम्बर ८ को वडा सदस्यमा दलित महिलाबाट बास्मती मुसहर र रत्ननगर वडा नम्बर ७ बाट दलित महिला वडा सदस्यमा भगन्तिया माझी मुसहर चुनावी मैदानमा छन् । वास्मती माओवादी केन्द्रबाट र भगन्तिया नेपाली काँग्रेसबाट उठेकी हुन् । उनीहरुको सामूहिक प्रतिबद्धता चाहिँ जिते पनि विकास गर्ने र नजिते पनि विकास गर्ने छ । अन्य नेताहरु जिते मात्रै काम गर्छु भन्छन् । उनीहरु भने हारे पनि चुप लागेर नबस्ने बताउँछन् । मुसहरहरु बजेटबाट वञ्चित भएको भन्दै बास्मतीले वडाका सबैलाई समेटेर अघि बढ्ने बताइन् । उनी भोट माग्न गाउँगाउँमा गएकी छिन् । “प्रायः गाउँटोल भित्रका सबैले भोट दिन्छु भन्या छ, माग धेरै कसैले राखेको छैन,” उनले भनिन् । उनीसँग धेरै ठूलो माग छैन, मतदाताको । एक ठाउँमा तटबन्धन आवश्यक छ रे ठकुरी टोलमा । दुई वटा बिजुलीको खम्बा र दुई लाइन तार विस्तार गर्ने अर्को माग पनि छ । थारु टोलमा पनि खम्बा र तारको माग आएको छ । बास्मती आश्वस्त पार्दै भन्छिन् – “म जिते नि नजिते नि काम हुन्छ ।” भगन्तिया पनि भोट माग्न गाउँटोलमा खटिएकी छिन् । सबैले साथ दिन्छु भनेको उनले बताइन् । “चुनाव धेरै लाग्या छ, मलाई जितायो भने साथ दिन्छु, म पनि बजेट माग्छु नि सरकारसँग,” नजिते पनि समुदायको काममा लाग्ने उनले सुनाइन् । विदेशीले हेर्छ, नेताले हेर्दैन “यो घर खैरेले बनाएको हो, कोही नेताले बनाएको हैन, कुनै नेताले काम गर्दैन, गरेपनि त्यही खैरेले गर्छ होला,” अक्कलबहादुर मुसहरले खुलेर भने । खैरे भनेको तेस्रो मुलुकबाट आएका व्यक्ति हुन् । उनीहरुको घर एक दशक अघि विदेशीको सहयोगमा बनेको थियो । रत्ननगरको चित्रसारीमा रहेको २४ घर पनि २०६० सालमा विदेशी सहयोगमा बनेका हुन् । उनीहरुलाई खोलाको बगरबाट उठाएर सात धुर जग्गामा घर बनाएर राखिएको हो । अहिले यो गाउँमा ४० मतदाता छन् । रत्ननगर नगरपालिका वडा नम्बर ७ मालपुरमा छ अर्को मुसहर वस्ती । यहाँ ३७ घर छन् । पचासभन्दा बढी मतदाता भएको बताउने उनीहरु यकिन सङ्ख्या भन्न सक्तैनन् । उनीहरुको घर पनि विदेशीकै सहयोगमा बनेको हो । “गाउँमा समस्या धेरै छ, सबैको जस्ता भत्किएर पानी चुहिन्छ, नेताहरुले अघिल्लो चुनावमा पनि बनाउँछु भनेका थिए तर हेरेन,“ उम्मेदवारलाई देखाउँदै अक्कलले भने । उनको भनाइमा बोल्न नजान्ने अरु मुसहरहरु हो मा हो मिलाउँदै थिए । जिल्लाको कठार, माडी रत्ननगर, साझापुरमा पनि मुसहरको वस्ती छ । उनीहरु सबै ज्याला मजदुरी, माछा मानर्, डुङ्गा चलाउने काम गरेर जीविका चलाउँछन् । एउटै कोठामा स–परिवार सुत्न बाध्य सहर बजारमा घर परिवारका हरेक सदस्यका फरक फरक कोठा हुन्छन् । विलासिताको जीवन हुन्छ । तर यहाँका मुसहरहरु एउटै कोठामा बस्न बाध्य छन् । पत्याउने गाह्रो छ । छोरा बुहारी, सासु ससुरा, छोरी सबैका लागि एउटै कोठा छ । एउटै कोठामा सबै परिवारको जिन्दगी कति सकस होला अनुमान गर्नै गाह्रो छ । दशकौंदेखि यसैगरी दिन बिताउँदै छन्, उनीहरु । जिल्ला तथ्याङ्क कार्यालय चितवनका अनुसार चितवनमा मुसहरको जनसङ्ख्या ४२८ छ । विसं २०६८ को जनगणनामा २२९ जना महिला र १९९ जना पुरुष मुसहर थिए । चितवनको रत्ननगर, कठार, पश्चिम चितवनको साझापुर, माडी लगायत क्षेत्रमा उनीहरुको बसोबास छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE