Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल कहाँ–कहाँ भयो ?

\"\"काठमाडौँ, २२ वैशाख । नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई महानगर, एक उपमहानगर र चार नगरपालिकामा चुनावी तालमेल गर्ने जानकारी दिएको हो । सो अवसरमा उपसमितिका संयोजक रमेश लेखकले पोखरा–लेखनाथ महानगरपालिकामा नेकपा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई सघाउने र भरतपुर महानगरपालिकामा काँग्रेसले नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सघाउने सहमति भएको जानकारी दिए । उनले भने, “नेपाली काँग्रेस र नेकपा माओवादीबीच भएको चुनावी तालमेल गणतन्त्र, सङ्घीयतावादी र प्राकृतिक तालमेल हो ।” यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा माओवादी केन्द्रले काँग्रेस प्रमुखका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्ने सहमति भएको संयोजक लेखकले बताए । यस्तै मकवानपुरको थाहा नगरपालिकामा काँग्रेसले माओवादी केन्द्रका उम्मेदवार लवशङ्कर विष्टलाई सघाउने, धादिङको नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसका भीम ढुङ्गानालाई सघाउने, दोलखाको भीमेश्वर नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार ईश्वर मानन्धरलाई सघाउने तथा डोल्पाको ठूलीभेरी नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार सुवर्ण बुढालाई सघाउने सहमति भएको जानकारी उनले दिए । संयोजक लेखकले बिहीबार भएको उम्मेदवारी फिर्तामा नेपाली काँग्रेसको तर्फबाट बागी उम्मेद्वार बनेका अधिकाशं उम्मेदवारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको भन्दै फिर्ता नलिएका उम्मेदवारलाई पार्टीले कडा कारबाही गर्ने स्पष्ट पारे । पहिलो चरणको निर्वाचनमा काँग्रेसले धेरै सङ्ख्यामा जनजातीलाई उम्मेदवार बनाएको छ, उनले भने, “२ सय ८३ स्थानीय तहमध्ये महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा १ सय ९ र उपप्रमुखमा ९७ जना जनजाती, मधेसी र दलितको उम्मेदवारी परेको छ ।” नगरपालिका प्रमुखमा दुई जना तथा गाउँपालिका प्रमुखमा चार गरी ६ महिलाको उम्मेदवारी परेको काँग्रेसले जनाएको छ । पहिलो चरणमा प्रदेश नं ३,४ र ६ का चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा निर्वाचन हुँदैछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE