Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

भकारो सोहोरेरै वित्छ स्वर्णपदक विजेताको दैनिकी

\"\"काठमाडौं, २२ वैशाख । सातौँ साफ खेलमा रेसलिङतर्फ नेपाललाई स्वर्णपदक जिताएका खेलाडी जनक यादवको दिनचर्या भैँसीलाई घाँसपानीको जोहो गर्न तथा भकारो सोहोेर्नमा व्यतीत हुने गरेको छ । खेलमार्फत राष्ट्रको प्रतिष्ठा बढाउन जीवनभर लागिपरेका जनकले सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न साताैं साफ गेममा रेस्लिङमा स्वर्णपदक जितेका थिए । त्यसपछि पनि उनी खेलमा लागिरहे । तर, अहिले ५४ वर्षको उमेरमा उनी भैँसी गोठालो बन्नुपरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ-भैँसी पाल्नुअघि उनले गागन खोलामा गिटी–बालुवा चालेर परिवार पालिरहेका थिए । तर, ०७२ असोज ९ गते सिरहामा छनोट चरणको खेल खेल्दाखेल्दै लडेर उनको खुट्टा भाँचियो । त्यसपछि भने उनी वैशाखीको सहारामा हिँड्न बाध्य भए । विपन्नताका कारण उनलाई परिवार चलाउन गाह्रो भयो । त्यसपछि उनले भैँसीपालन सुरु गरेका हुन् । उनको दिनरात नै दुईटा भैँसीको स्याहारसुसारमा बित्छ । खुट्टा भाँचिएपछि उनले उपचारका लागि सरकारलाई गुहारे । विभिन्न सरकारी संस्थामा धाए । तर, कहीँबाट पनि उनले सहयोग पाएनन् । ‘सरकारसँग उपचारका लागि सहयोग माग्न गएँ, तर कहीँकतैबाट एक पैसा पनि सहयोग पाइनँ,’ यादव भन्छन्, ‘उपाय नलागेपछि सम्पत्तिको नाममा भएको जम्मा ४ कट्ठा जमिन साहुलाई लेखेर दुई लाख ऋण काढेँ । भाँचिएको खुट्टा अपे्रसन गराएँ । त्यसपछि भैँसी पालेर गुजारा चलाएको छु ।’ यादव कुनैवेला मिथिलाञ्चल क्षेत्रका नामुद पहलवान् थिए । उनको कुस्ती हेर्न टाढाटाढा गाउँबाट मान्छेहरू आउँथे । त्यतिवेला सिराहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, सुनसरी मोरङ र झापामा उनलाई हराउन सक्ने अर्को पहलवान् कोही थिएन । भारतको विहारबाट पनि कुस्ती खेल्न उनलाई निम्तो आउँथ्यो । यादवले सुनाए, ‘जीवनमा सयौँ पहलवान्लाई मैले चित पारेँ ९खेलमा हराएँ० । तर, नियतिको खेलमा अहिले आफैँ चित परेर चित्त बुझाउन बाध्य छु ।’ एक छोरा र तीन छोरीका पिता जनकले कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीलाई लेखपढ नगराई विवाह गरिदिए । रेसलिङ खेलमा आफूजति नै रुचि राख्ने छोरालाई भने उनले तेल ट्यांकर ड्राइभर बनाए । ‘खेलमा लागेर मैले छोराछोरी पढाउन सकिनँ । त्यसैले छोराले मन गर्दा पनि मैले उसलाई ड्राइभिङ सिक्न अर्ती दिएँ,’ उनको दुखेसो छ, ‘अहिले ट्यांकर चलाएर भने पनि खाएको छ ।’ झुपडीमा जीवन बिताइरहेका जनक पहिलाका जमिनदारहरूले पहलवान् पाल्ने, उनीहरूलाई २्४ बिघा जग्गा दिने गरेको स्मरण गर्दै अहिलेको सरकारले खेलाडीका लागि केही पनि सहयोग नगरेको गुनासो पोख्छन् । आफूले अन्तर्राष्ट्रिय खेल खेल्न चितवनको सौराहामा एक वर्ष कडा तालिम लिएको सम्झना ताजै छ, उनको दिमागमा । उनले बंगलादेशमा भएको साफ खेलमा पनि भाग लिएका थिए । पाकिस्तानमा हुने खेलमा पनि उनी छनोटमा परेका थिए । तर, त्यही वेलामा दरबार हत्याकाण्ड भएकाले त्यहाँ जाने कार्यक्रम रद्द भएको उनले सुनाए । खेलजीवनमा पाएका प्रमाणपत्र र मेडलहरू एउटा थोत्रो झोलामा थन्क्याएर राखे पनि साफ खेलमा जितेको स्वर्णपदक भने उनी कहिलेकाहीँ गलामा भिरेरै हिँड्छन् । गलामा भिरेको स्वर्णपदक देखाउँदै यादवले भने, ‘के गर्नु गलामा पहिरिएर पेटको भोक मर्दैन । यसलाई पखालेर खान पनि मिल्दैन ।’ गागन खोलाको तीरमा उनले बनाएको ‘अखडा’ (खेल अभ्यास गर्ने स्थल) अझै छ । स्वेच्छाले रेसलिङ सिक्न आउनेलाई उनी अहिले पनि दाउपेच सिकाइदिन्छन् । तर, खेलबाट जीवन चल्दैन भनेर अर्ती दिन पनि भुल्दैनन्, उनी । ‘मलाई सरकारले गुजारा चलाउने जोहो गरिदिएको भए गाउँगाउँ घुमेर रेसलिङ खेल सिकाउथेँ । खेलाडी उत्पादन गर्थें,’ चित्त दुखाउँदै उनी बोले, ‘तर मलाई सरकारले ‘तँ ग्वाला होस्, भैँसी चराएर खा’ भन्यो ।’ सिराहाबाटै चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री भएपछि उनको मनमा केही आशा पलाएको थियो रे सोहीअनुरूप उनले खेलकुद परिषद् र विभिन्न सरकारी निकायमा आर्थिक सहयोगका लागि निवेदन पनि हालेछन् । तर, उनले कतैबाट कुनै सहयोग पाएनन् । ‘प्रचण्डबाट धेरै आशा गरेको थिएँ । तर, निराशा मात्र हात लाग्यो । कम्तीमा मेरो उपचार गर्दा लागेको ऋण सरकारले तिरिदिए हुन्थ्यो नि ’ उनले भने, ‘म अझै पनि सरकारले केही सहयोग गर्छ कि भन्ने आशामा छु ।’ मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफू अन्तर्राष्ट्रिय खेलको लागि छनोट भएको स्मरण सुनाउँदै उनले भने, ‘अधिकारी अझै १५ दिन मात्र प्रधानमन्त्री रहेको भए मैले जागिर पाउने निश्चित थियो ।’ तत्कालीन प्रधानमन्त्री अधिकारीले आफूलाई ‘खलिफा’ देशलाई जिताउनुपर्‍यो, सरकारले तपार्इंहरूका लागि केही गर्छ भनेको संस्मरण उनले सुनाए । त्यसपछिका सरकारले आफूजस्ता खेलाडीप्रति बेवास्ता गरेको गुनासो उनको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE