Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

रमजान पर्वमा निर्वाचन असम्भव : एमाले

\"\"काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो चरणको मतदानअगावै मतगणना पार्टीलाई अमान्य हुने स्पष्ट पारेको छ । पार्टीका तर्फबाट बिहीबार निर्वाचन आयोगलाई चारबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै एमालेले एक महिनाको लामो समय ‘ग्याप’ राखेर दोस्रो चरणको निर्वाचन गर्न लागिएकाले त्यसअगावैको मतगणना अमान्य हुने स्पष्ट पारेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको प्रतिनिधिमण्डलले आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– ‘स्थानीय तहको निर्वाचन एकै चरणमा गरिनु अनिवार्य आवश्यक थियो र छ । तर, यसबीचमा विनाकुनै औचित्य एक महिनाको अन्तराल राखेर दुई चरणमा निर्वाचन गर्न भनी सरकारले गरेको निर्णयले एक प्रकारको अन्योल, अनिश्चितता र द्विविधा उत्पन्न गरेको छ । यति गम्भीर निर्णय गरिरहँदा निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दलसँग सामान्य परामर्श गर्नु पनि आवश्यक नठानेकोमा हामी आश्चर्यचकित भएका छौँ,’ एमालेले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अझ पहिलो चरणको निर्वाचन समाप्त भएपश्चात् अर्काे चरणको निर्वाचन प्रारम्भ हुनुअगावै मतगणनाको परिणाम प्रकाशन गर्ने कुराले निर्वाचनको स्वच्छता, मान्यता एवं निष्पक्षतामा समेत आघात पु¥याउने निश्चित छ । तसर्थ, दुई चरणको निर्वाचनका बीचमा मतगणना गर्नेलगायतका कुनै पनि कार्य हुन नसक्ने, हुन नहुने कुरामा आमनेपाली जनताझैँ एमाले स्पष्ट रहेको कुरा जानकारी गराउँछाैँ ।’ बजेटपछि अमान्य, पहिलो साता सार्न माग एमालेले १५ जेठमा घोषणा हुने बजेटपछिको निर्वाचनले स्वतन्त्र र निष्पक्षतामाथि गम्भीर प्रश्नचिह्न उब्जिनेतर्फ आयोगको गम्भीर ध्यानाकर्षण गराउँदै जेठको पहिलो साता निर्वाचन सार्न माग पनि गरेको छ । ‘हामीसँग कुनै परामर्श नगरी दोस्रो चरणको मिति घोषणा गरिएकाले बजेटपछिको निर्वाचनबारे निरन्तर असहमति राख्दै आएका छौँ,’ उपनेता नेम्वाङले भने, ‘दुई चरणको निर्वाचनका नाममा संवैधानिक बाध्यात्मक व्यवस्थालाई देखाएर न त सरकारले संसद्समक्ष नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतिलाई टार्न मिल्दछ, न त बजेटका माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनको निष्पक्षतामाथि नै आँच पुर्याउन मिल्दछ ।’ रमजान पर्वमा निर्वाचन असम्भव एमालेले ३१ जेठमा इस्लाम धर्मावलम्बीको महान् पर्व एवं पवित्र दिन रमजान परेको कुरालाई सामान्य हेक्कासमेत नराखी दोस्रो चरणको मिति तोकेकाले फिर्ता लिनुको विकल्प नभएको तर्कसमेत गरेको छ । ‘रमजान पर्वमा १० लाख मुस्लिम धर्मावलम्बी भोकभोकै दिनभरि व्रत बस्छन्, पानीसमेत नखाई आफ्नो आस्था प्रकट गर्छन्, त्यही दिन मिति घोषणा गरेर सरकारले निर्वाचन नै नगर्ने नियत राखेको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘मुस्लिम समुदायले विरोध गरिरहेको मितिमा कसरी दोस्रो चरणको निर्वाचन सम्भव छ ?’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending