Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन्

\"\"मोरङ, २० वैशाख । भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हान्निए । न त भाषाको ज्ञान थियो । न कुनै तालिम र सीप नै हातमा थियो । जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रुप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो । आफँैले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन । छोरीले आफ्नै ढङ्गले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो । १५ र १३ वर्षका दुईजना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन् । गाउँकै साहुसँग रु ४५ हजार ऋण काढेर उहाँ २०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुगे । त्यो पनि निक्कै कष्टका साथ । तर उनको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो । केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुग्नुभएकी दुर्गा भन्छन्, “२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन । खान पेटभरि पाइन ।” भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो, उहाँ भन्नुहुन्छ । बिहानले दिनभरको सङ्केत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मार्नुभयो र आफ्नै देशमा पाखुरा बजार्ने दृढ सङ्कल्प गर्नुभयो । तर अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो । बजार जाने बहाना बनाएर उहाँ आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्कनुभयो, मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई । दुर्गा त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । दुर्गाजस्ता धेरै आमा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन् । तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू । विसं २०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान जानुभयो । तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो । साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो । त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना थप्छिन्–“मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो । निको भएपछि उसले पनि घरमा नराख्ने भयो ।” अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई । स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उनीमा । खाडी राष्ट्रमा भारतीय बाटो गरेर अवैधरुपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ । उनी१८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बस्नुभयो पाउरोटी र पानीको भरमा । कार्यालयमा धेरै जिद्दी गरेपछि उनी नेपाल त फर्किन तर झनै ठूलो ऋण बोकेर । नेपाल फर्किंदा उहाँलाई रु एक लाख रुपैयाँ ऋण लागिसकेको थियो । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending