Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वीरेन्द्रनगर २४ सै घण्टा खुल्ला सहरको परिकल्पना गर्दै माओवादीका उम्मेदवार सार्वजनिक

\"\"सुर्खेत, १६ वैशाख । नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगर कार्यसमितिले सुन्दर, समुन्नत र सम्बृद्ध वीरेन्द्रनगर बनाउने परिकल्पनासहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । माओवादीले प्रदेश नं ६ को सम्भावित राजधानी वीरेन्द्रनगरलाई नेपालकै नमूना २४ सै घण्टा खुल्ला सहरका रूपमा विकास गर्ने परिकल्पना घोषणापत्रमार्फत् सार्वजनिक गरेको हो । घोषणापत्रमा विद्युतीकरण, कृषि क्षेत्रको आधुनिकीकरण, स्थानीय अर्थतन्त्र निर्माण, स्वास्थ्य र खानेपानी तथा सरसफाइ क्षेत्रको सुदृढ, वातावरण, कला संस्कृति, खेलकूदको विकास, सडक यातायात र सञ्चार क्षेत्रको विकास, पर्यटनको केन्द्र र योजनाबद्ध सहरीकरणमा जोड दिने घोषणा–पत्रमा उल्लेख गरिएको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी (केन्द्र)ले २० बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । २० बुँदे प्रतिबद्धता पत्रमा वीरेन्द्रनगरलाई ५ वर्षमा १५ हजार युवालाई रोजगारी सिर्जना गर्ने, नमूना सहरको विकास गर्ने, नगरका बृद्वबृद्वा तथा बालबालिकालाई सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने र दुव्र्यसनरहित नगर बनाउने प्रतिबद्धता गरेको छ । यस्तै, किसानलाई पेन्सन, नगरभित्रका पर्यटकीय स्थलको विकास, आईटी सहर, ढल निकासको योजना निर्माण, सबै वस्तीमा सडक सञ्जाल निर्माण गरेर नगर बस सञ्चालनजस्ता एजेण्डाहरू प्रतिबद्धता– पत्रमा समावेश गरिएको छ । पत्रकार सम्मेलनमार्फत् माओवादीले वीरेन्द्रनगरका सबै वडाहरूमा उम्मेद्वारी छनौट सकिएको बताएको छ । माओवादी केन्द्रका अनुसार वडा नं. १ मा खड्कबहादुर थापा, वडा नं. २ मा हिराबहादुर सुनार, वडा नं. ३ मा धर्म विकलाई अध्यक्ष पदमा छनौट गरेको छ । यस्तै, वडा नं. ४ मा दिपे सार्की, वडा नं. ५ मा गणेशबहादुर शाही, वडा नं. ६ मा श्यामबहादुर नेपाली, वडा नं. ७ मा विष्णुप्रसाद शर्मालाई छनौट गरेको छ । वडा नं. ८ मा खडानन्द दर्लामी मगर, वडा नं. ९ यामराज मल्ल, वडा नं. १० मा अहमत रज्जा, वडा नं. ११ मा ताराप्रसाद आचार्य, वडा नं. १२ मा झंकराज काफ्ले, वडा नं. १३ मा प्रेम सापकोटा वडा नं. १४ मा टोपबहादुर दर्लामी मगर, वडा नं.ं १५ मा शक्ति थापा र वडा नं.१६ मा मानबहादुर थापालाई वडा प्रमुखको उम्मेद्वार बनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र, सुर्खेतका युवा नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष गंगाराम तिमिल्सेनाले सुर्खेत वीरेन्द्रनगर र जिल्लाभरी नै माओवादीको पक्षमा जनमाहोल बनेको भन्दै माओवादीको उत्साहपूर्ण विजय हुने बताए । तिमिल्सेनाले आफ्ना उम्मेद्वारहरू निर्विवाद छनौट भएका तथा स्थानीय मुद्दाहरूमा माओवादीले गम्भीरतापूर्वक सम्बोधन गर्ने जनविश्वास भएका कारण माओवादीको जित निश्चित भएको दावी गरे । ‘‘हामीले सक्षम, समावेशी तथा योग्य उम्मेद्वारलाई उठाएर जनताको बीचमा पठाएका छौँ, चुनावी परिणाम हाम्रो पक्षमा आउने निश्चित छ’’, तिमिल्सेनाले खबरडबलीसँग भने । वीरेन्द्रनगरका मेयर पदका उम्मेद्वार रहेका रत्नबहादुर गाहाले नेकपा माओवादी केन्द्रको सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँ नगर घर– घर पु¥याउने मुद्दा भएकाले अबको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउन आग्रह गरे । उम्मेद्वार गाहाले जनताको आशा भनेको नेकपा माओवादी केन्द्र नै रहेकोले उल्लेख गर्दै वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको प्रमुखमा माओवादी केन्द्रलाई जिताउन आग्रहसमेत गरेका छन् । उप–मेयरकी उम्मेद्वार हरिमाया शर्मा (आशा)ले एमाले, काँग्रेसले दशकौं सत्तामा बस्दा विकासका नाममा सिन्को नभाँचेको बताउँदै आफूहरूले जिते छोटो समयमै विकास गरेर देखाइदिने बताईन् । शर्माले अहिलेका विकास र परिवर्तनका सम्पूर्ण एजेण्डा माओवादी केन्द्रको भएका कारण कार्यान्वयन गर्न र वीरेन्द्रनगरलगायत सबै क्षेत्रको विकास गर्न आफूहरूलाई भोट हालेर जिताउन आग्रह गरिन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा माओवादी स्ुर्खेत संयोजक कृष्ण जिसी (जितेन्द्र), निर्वाचन परिचालन समितिका संयोजक गणेश भणडारी, जितबहादुर राना (रञ्जित), पार्टीका नगर अध्यक्ष दानसिं सुनार लगायतको उपस्थिति रहेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending