Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दाङमा माओवादी केन्द्रद्वारा प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा

\"\"दाङ, ९ बैशाख । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिकाले उम्मेदवार घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । घोराहीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले पार्टी केन्द्रले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् । घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेखा शर्माले स्थानीय तह पहिलेको गाविस र नगरपालिकाको जनप्रतिनिधिहरुको चुनाव नभई स्थानीय सरकारकै निर्वाचन भएको बताइन् । स्थानीय तहको जन्मदाता माओवादी भएको भन्दै नेता शर्माले स्थानीय तहको वास्तविक कार्यान्वयन र नेतृत्व पनि माओवादीले मात्रै गर्न सक्ने बताइन् । वर्षौंदेखि कांग्रेस एमाले सत्तामा बसेर पनि जिल्लाको विकासमा कुनै काम गर्न नसकेको दावी गर्दै नेता शर्माले माओवादी शान्तिप्रक्रियामा आएयताका १० वर्षभित्र दाङमा उल्लेख्य विकास भएको बताइन् । जिल्लाको विकासका लागि कसले कति काम ग¥यो, त्यसको उचित हिसाब गरेर विकास गर्नेहरुलाई जिताउन पनि उनले मतदाताहरुलाई अपील गरिन् । कार्यक्रममा पार्टीको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरका उम्मेदवार तथा जिल्ला इन्चार्ज जीवन गौतमले स्थानीय सरकारको वास्तविक अनुभूति गराउनका लागि आफ्नो उम्मेदवारी भएको बताए । घोराहीलाई केन्द्रविन्दु बनाएर प्रदेशको राजधानी दाङ बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै गौतमले समृद्ध उपमहानगरको खाका आफूसँग रहेको दावी गरे । उनले केही दिनभित्रै घोराही उपमहानगरको विकासका लागि आफ्नो प्रतिबद्धता पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि जानकारी दिए । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा घोराही उपमहानगरपालिकाका चुनाव परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य भीमकुमारी बाँठा ‘निसाना’, महाधिवेशन आयोजक समिति सदस्य खिमबहादुर चौधरी ‘अटल’लगायतले आफ्नो भनाई राखेका थिए । यसैबीच घोराहीमा भएको कार्यक्रममा कांग्रेसका पुराना नेता प्रमोद देवकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य प्रेमबहादुर थापासहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि रेखा शर्मा, उपमहानगरका उम्मेदवार जीवन गौतमलगायतले टीका लगाएर स्वागत गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending