Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

‘ज्यान फाट्दा औषधी गर्ने, मन फाट्दा के गर्ने ?

\"\"सिन्धुपाल्चोक, ९ वैशाख । ‘बिज्ञानले मानिसको अंग–अंग प्रत्यारोपण गर्छ, छाला काटियो भने टाल्ने काम गर्नको लागि औषधीहरु उत्पादन भएका छन्, हड्डी भाँचियो भने जोड्ने औषधी नै बनेको छ । तर मानिसको मन फाट्यो, मन भाँचियो भने  के गर्ने ? अहिलेसम्म मन टाल्ने औषधीहरु बनेका छैनन् । अबको अबस्थामा यदि मन मिलाउनु छ, सिलाउनु छ भने विवादित पक्षलाई संवादको वाताबरण सिर्जना गनुपर्छ । विवाद विनाको समाज कल्पना गर्न सकिन्छ तर सम्भव भने छैन । गाउँघरमा देखिएका सानातिना विवादहरु समयमा नै समाधान नहँुदा समाजमा हत्या आत्माहत्याको घटनाहरु भइरहेका छन् । यसरी समाजमा घट्ने विवादहरु समाधानका लागि औपचारिक वा अनौपचारिक निकायमा जानेको संख्या पनि न्युन नै छ । विवादलाई गुम्स्याएर भित्र भित्र राख्नाले भबिष्यमा झनै ठुलो क्षति ब्याहोर्नु पर्ने कुरा निश्चित छ । औपचारिक निकायमा गएर विवाद समाधान गर्दा पनि एक पक्षको जीत र अर्को पक्षको हार हुन जान्छ । यसरीपनि हार्ने पक्षले प्रतिशोधको भाबना मनमा राख्ने भएकाले यस्तो विवाद समाधान पनि स्थाहि हुनसक्दैन । यी र यस्तै विषयलाई मध्यनजर गर्दै सरकारले दुबै पक्षको जित जित गराउने हेतुले २०६८ सालमा मेलमिलाप सम्बन्धि ऐन र २०७० सालमा नियमावाली नै ल्याएको छ । सोहि ऐन र नियमावालीको अधिनमा रहि प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले पनि मध्यमाञ्चल क्षेत्रको ५ वटा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरिरहेको छ । मानिसको मन जोड्ने र ज्यान बचाउने अभियानका रुपमा सामुदायिक मेलमिलाप कार्यक्रमलाई संचालन गरिरहेको हो’ प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले खबरडबलीसँग भने । सोही कार्यक्रमको प्रभावकारीतामा बृद्धिसंगै सामुदायिक मेलमिलाप सम्बन्धि सामान्य ज्ञानसमेत नभईरहेको अबस्थामा मानिसहरुबीच विवाद हुदाँ कि त विवादलाई दवाएर बस्दछन्, की त पुलिस प्रशासन जाने चलन कायम नै छ । यसरी पुलिस प्रशासन र अड्डा अदालत गएर समाधान गरिएको विवादले विवादको बिषयबस्तुलाई त समाधान गर्ला तर विवादित पक्षहरुको मन मिलाउने र सम्बन्धमा सुधार ल्याउने काम भने गर्दैन । त्यसैले प्रत्येक साविकका गाविस र नगरपालिकामा भएको सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी दिने र यसको प्रभावकारीताका बारेमा सुचित गर्ने उद्देश्यले प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना, दि एसिया फाउण्डेशनको सहयोगमा आवाज आर्ट क्रियशनले देशको चार जिल्लाका साविकको प्रत्येक गाविस तथा नगरपालिकामा जनचेतनामुलक सडक नाटक अभियान सँचालन गरिरहेको छ । यो अभियानमा दोलखामा ५० काभ्रेमा ८० नुवाकोटमा ६२ रसुवामा १८ गरि जम्मा २ सय १० स्थानमा नाटक प्रर्दशन गरिने आयोजकले जनाएको छ । अहिलेसम्म १ सय ९० स्थानमा अभियान सम्पन्न भइसकेको र गाँउमा चुनावी माहोल बढेकाले बाँकी २० स्थानमा स्थानिय चुनाव पछाडी अभियान हुने आवाज आर्ट क्रियशनका निर्देशक एवम् कलाकार कृष्णप्रसाद धितालले जानकारी दिए । अभियानमा आवाज आर्टका नवराज गजुरेल, रोहित कार्की, सुरेन्द्र गिरी, लक्ष्मण गजुरेल, इन्दिरा श्रेष्ठ, ललिता श्रेष्ठ, आर वि रिजाल, निशान्त आचार्यलगायत कलाकारहरु रहेका छन् । सिन्धुपाल्चोकमा भने फागुनमै अभियान सकिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE