Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नयाँ शक्तिको नयाँ काइदाः एउटा हातमा पार्टी सदस्यता अर्को हातमा हाईड्रोपावरको सेयर

\"\"काठमाडौं, ८ वैशाख । इनर्जी इन्जिनियरिङ्ग प्रालिको आयोजनामा माथिल्लो मैलुङग ‘ए’ ६.४२० मेगावाट क्षमताको जलबिद्युत आयोजनाको सस्थापक सेयर बितरणमा राजनीतिकरण भएको भन्दै कम्पनिले आपत्ति जनाएको छ । कम्पनिले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै कम्पनिको सेयर बितरणलाई आफ्नो पार्टीको राजनीतिक नारा बनाइ जनतासँग पैसा उठाइरहेको जनगुनासो आएकाले त्यस्ता भ्रमपूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । निर्धारित अवधिभित्र आयोजना सम्पन्न गरी सक्ने लक्ष्य लिइ स्थानियबासिको पनि लगानी र स्वामित्व रहोस भनी सबै लगानी गर्न इछुक रसुवाबासिलाई लगानी गर्न पाउने गरी सस्थापक सेयर दिन चाहेकोमा केही राजनीतिक दलले आफ्नो राजनीतिक नारा बनाइ जनतासँग पैसा उठाइरहेको भन्ने जनगुनासो आएकाले यस कम्पनिको सस्थापक सेयर कुनै पनि पार्टीको नाममा नदिएको बिज्ञप्तिमा भनिएको छ । कम्पनिका प्रबन्ध निर्देशक जितमान शेर्पाद्वारा हस्ताक्षेरित बिज्ञप्तिमा सस्थापक सेयर र स्थानियबासिले पाउने १० प्रतिशत सेयर सबै रसुवाबासी र तित्लाङ्गबासीका नाममा सार्वजनिक सुचनामार्फत आव्हान गरिने जानकारी गराउदै यस् कम्पनिको सेयरको नाममा कोही कसैलाई पनि पैसा लिने दिने कार्य गर्न नगराउन अनुरोध गरेको छ । नेपाली काङ्ग्रेस रसुवाका सभापति पेम्बा छिरिङ्ग तमाङले स्थानियले पाउने सेयर कुनै ब्याक्ती या पार्टिको नहुने हुँदा सेयर बितरणलाई आफ्नो राजनीतिक एजेन्डा नबनाउन आग्रह गरे । उनले चुनावको मुखमा गरिएका यस्ता कार्यहरु निर्वाचन आचारसंहिता बिपरित हुने भएकाले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सेयर बितरण नेपाल सरकारको नियम अनुसार गर्न र गराउन उनले कम्पनिलाई अनुरोध पनि गरे । नेकपा एमालेका अध्यक्ष कर्न्याल लामाले नयाशक्तिले सेयर बितरणको हकदार आफु मात्र भएको भन्दै सोझा जनतालाई ठगेको बताए । लामाले जिल्लामा भएका प्रकृतिक स्रोत र साधनमा सबैको बराबर हक हुने भन्दै कम्पनिले बत्ती बाल्न खोजेको हो कि निभाउन खोजेको हो ? भनेर प्रश्न गरे । उनले सेयर बितरणका सम्बन्धमा उठेका प्रश्नहरुको कम्पनिले तत्काल जवाफ नदिए आयोजना सफल हुन नसक्ने दाबी गरे । लामाले नयाँशक्तिले बाबुराम भट्टराईको सेयर हो भन्दै जनता ठग्ने काम गरेको भन्दै सबै जनताले बराबर सेयर पाउने बातावरण बनाउन आफुले पहल गरिरहेको जानकारी दिए । त्यसैगरी, नेकपा माओवादी केन्द्र रसुवाका अध्यक्ष ईन्द्र गौतम ‘जगतजङग’ ले एउटा हातमा नयाँ शक्ति पार्टिको सदस्यता लिने र अर्को हातमा सेयर दिने भनी नयाँ शक्तिले जनतासँग पैसा उठाइरहेको गुनासो आइरहेको सत्य भएको बताए । उनले धितोपत्र बोडको स्वीकृति बिना कुनै पनि सेयर आम जनतालाई बाढनु गैरकानुनी काम हुने भन्दै कम्पनिको सेयर खास पार्टी विशेषका नाममा निस्कासित हुनै नसक्ने जनाए । जगतजङगले निर्वाचनको पूर्वसन्ध्यामा गरिएका यस्ता खाले हर्कतहरु निर्वाचन आचारसंहिता बिरुद्ध हुने हुँदा निर्वाचन आयोगले समेत चासो राख्नु पर्ने बताए । उनले यस्ता खाले गैरकानुनी ढंगले बितरण गरिएका सेयरमा लगानी गर्दा लगानी असुरक्षित हुने भएकाले कसैको भ्रममा नपर्न सर्बसाधारणलाई सचेत गराए । उनले सेयर बितरण गर्दा कम्पनिले पनि कुनै षड्यन्त्र नगरि पारदर्सी ढंगले सबैका लागि गर्नुपर्ने अन्यथा प्राकृतिक स्रोत साधन माथि स्थानियको अधिकार कुन्ठित हुने भएकाले सचेत हुन आग्रह गरे । यता, नयाशक्ति पार्टिका केन्द्रिय कार्यकारी सदस्य एबम रसुवाका जिल्ला उत्प्रेरक इन्चार्ज तेम्ब्रेल तामाङले भुकम्प र नाकाबन्दिका कारण निर्धारित अबधिमा आयोजना सम्पन्न हुन कठिनाई भैरहेका बेला नयाँ शक्तिमा आस्था राख्नेहरुको पहलमा निजी कम्पनी एेन अनुसार बिबेकशिल इन्भेष्टमेन्ट प्रालि दर्ता गरी लगानी गरिएको बताए । उनले नयाँ शक्तिले आफ्ना पार्टी सदस्यहरुलाई मात्र सेयर बितरण गरेको आरोपको खन्डन गर्दै आफुहरुको सम्ब्रिध रसुवा निर्माण अभियान अन्तर्गत प्रमोटर सेयर हालेको तर सर्बसाधारणका लागि निस्कासन गरिएको सेयर बितरण नगरेको जानकारी दिए । तामाङले बिबेकशिल इन्भेष्ट्मेन्ट कम्पनीले ११ करोड बराबरको १० लाख कित्ता सेयर लिएको भन्दै कम्पनिको ब्यबस्थापकहरुले सम्बन्धित निकायबाट सम्बन्धन लिएर सेयर दिन सक्ने गरी आयोजना कम्पनीसँग सम्झौता गरिएको प्रस्ट पारे । उनले कम्पनिमा रहेका ब्यक्तिहरुको कसैसँगको ब्यक्तिगत सम्बन्धका कारण पार्टीका सदस्यहरु सेयर सदस्य बनेको हुनसक्ने भए पनि पार्टीका सदस्यहरुलाई छानिछानी सेयर बितरण भने नगरिएको बताए । सम्बद्ध मुलुक निर्माण गर्ने अभियानलाई साथ दिन पार्टीमा आस्था राख्ने लगानिकर्ताहरुले लगानी गरेको भएपनी अनावश्यक टिका टिप्पणी भएको प्रती असहमती राख्दै उनले नेपाल सरकारको नियममा रहेर लगानी गर्न पाउने सबैको अधिकार सुरक्षित रहने हुँदा अनाबश्यक भ्रम नछर्न अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । साथै उनले यस्ता खाले भ्रममा नपर्न आम रसुवाबासी जनतालाई अनुरोध गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending