Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

प्रचण्डले डाके निर्णायक वार्ताका लागि मधेसी मोर्चालार्इ

[caption id=\"attachment_121293\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मधेसी मोर्चालाई वार्ताको लागि बोलाएका छन् । मोर्चाका नेताहरुसँग संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रचण्डले भोलि शुक्रवार विहान ८ बजे बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री हिजो बुधबार मात्रै कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत पाँच दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । पाँच दलको शीर्ष नेताहरुको छलफलमा तराईका केहि जिल्लाहरुमा दोस्रो चरणमा चुनाव गर्ने छलफल भएको थियो । उक्त छलफलमा सहभागि सबै दल सकारात्मक देखिएपछि मोर्चासँग प्रचण्डले छलफल राखेको स्रोतले खबरडबलीलाई जानकारी दिएको छ । हिजो बैठकमा सहभागि एमाले नेता सुवास नेम्वाङका अनुसार मधेसी मोर्चा सहमतिमा आउने भए दुई चरणमा चुनाव गर्न सकिने सबैको धारणा आएको थियो । भोलि विहान हुने बालुवाटार बैठकमा प्रचण्डले चुनावमा सहभागि हुन आग्रह गर्ने बुझिएको छ । आन्दोलनरत मधेसी मोर्चा सहमतिमा आए वैशाख ३१ गते पहिलो चरण र अर्को चरण जेठमा चुनाव गराउन सकिने छलफल गर्ने प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले जानकारी दिए । यदि मोर्चा सहमतिमा नआए एकै चरणमा चुनाव गराउने सरकारको तयारी छ । संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्नै माग राख्दै मोर्चा र संघीय गठबन्धनले वैशाख ५ गतेदेखि नै आन्दोलन थालेका छन् । स्थानीय तह निर्वाचन विथोल्ने नियतले मोर्चा र गठबन्धनले वैशाखभरको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । वैशाख १६ गते उम्मेदवार दर्ताको दिन नेपाल बन्दको कार्यक्रम घोषणा गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE