Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सुर्खेतका बाढी पीडित भन्छन्, ‘निर्वाचन बहिस्कार गर्छौं’

\"\"सुर्खेत वैशाख २ । बाढीले घर जग्गा बगाएर विस्थापित बनेका सुर्खेत इत्राम ८ का बासिन्दाहरुले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने भएका छन् । सरकारले अहिले सम्म पुनः स्थापना नगरेको भन्दै उनीहरु आक्रोशित बनेका छन् । ३२ महिना पुरा हुदा पनि कुनै पनि सरकारले बाढी पीडितहरुको मागको वेवास्था गरेको भन्दै स्थानीय तह निर्वाचनमा भोट नहाल्ने उद्घोष गरेका हुन् । प्रदेश नं ६ को राजधानी भनिएको वीरेन्द्रनगर सुर्खेत महिला प्रशिक्षण केन्द्रका बाढीपिडितहरुले राजनीतिक दलका नेता आफू नआएर कार्यकर्तालाई भोट माग्न पठाउने गरेको गुनासो गरे । लामो समयसम्म पुनःस्थपना नहुँदा उनीहरुलाई गाँसबासको चिन्ताले सताएका छ । सरकारले गाँस, बास र कपासको व्यवस्था गर्न नसकेको भन्दै वीरेन्द्रनगर इत्राम फुलबारी टोलका भक्त बहादुर शाहीले आक्रोश पोखे । सरकारले राहत रकम एकमुस्ट दिने प्रस्ताव ल्याएपनि आफूहरुले नपाएको उनले गुनासो पोखे । ‘हाम्रो समस्या समाधान गर्नेलाई मात्र भोट हाल्छौं’ उनले भने । इत्राम फुलबारी टोलका बलबहादुर दमाईले गहभरी आँसु झार्दै भने, ‘सरकारले कि यो देशका नागरिक होइन भन्नु पयो नत्र भने हाम्रो व्यवस्था मिलाउनु प¥यो ।’ ‘त्रिपाल च्यातिएर आकाश देखिने भएको छ । नेताहरु भोट माग्नका लागि कार्यकता पठाउँछन्,’ उनले भने, ‘हाम्रो व्यवस्था जसले मिलाउँछ  उसैलाई भोट हाल्छौं ।’ इत्रामकै गौरीदेवी कामी दिनरात परिवारको चिन्ताले सताउने गरेको बताउँछिन् । उनलाई ५ जनाको परिवारलाई पाल्न धौ धौ भएको छ । श्रीमान काम गर्न नसक्ने भएको भन्दै गौरी देवीले आफू मुटुको रोगको बिरामी भएको बताइन् । घर निमार्ण काम गरी बच्चाहरुलाई पढाउने बिहान बेलुका के खान दिने भन्ने उनलाई चिन्ता छ । ‘जसले दिन्छ खाजा, उनै मेरो राजा’ भन्दै बाढी पीडितको पुनस्थापना गर्नेलाई नै भोट दिने उनले बताइन् । तिलबहादुर कामीले १५ गते भित्रै आफूहरुको माग सम्बोधन गर्ने व्यक्तिलाई भोट हाल्ने बताए । उनले भने, ‘हाम्रो समस्या समाधान नगरे हामी निर्वाचन बहिस्कार गर्छौं ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending