Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

सुर्खेतीका लागि यस्तो रह्यो २०७३

\"\"सुर्खेत, बैसाख १ । २०७३ साल सकिएको छ । शुत्रवार देखि नयाँ वर्ष २०७४ ले प्रवेश पाएको छ । समग्रतामा २०७२ साल भन्दा २०७३ साल सुर्खेतीहरुका लागि र ६ नम्बर प्रदेशका लागि सुख शान्ति र कम पिडाको बर्ष रह्यो । केहि दुःखद घटनाबाहेक समग्रतामा २०७३ साल उत्साह र आशाको सञ्चार गर्ने वर्ष बन्यो । सुर्खेतमा गएको २०७३ को कातिक ३० आइतबार भएको सवारी दुर्घटनामा २० सामान्य र ३ जना गम्भीर घाईते भए । सुर्खेतमा डरलाग्दो अवस्थामा रहेको मिटर ब्याज प्रकरणले पनि २०७३ मा ठुलै चर्चा पायो । लामो समयदेखि मिटर ब्याजको नाममा लाखौ करोबारका घटनाले अपराध समेत बठ्यो, त्यो संगै अर्को दुःखद घटना पश्चिम सुर्खेतको तरङ्गा गाविस भट्टेघारी बस्तीका स्थानीयका घरहरुमा दिनहुँ जस्तो आगो लाग्यो । यो २०७३ सालका लागि आश्चर्यको घटना पनि भयो । ०७३ कै फागुन महिनामा वीरेन्द्रनगरमा गाडीको ठक्करबाट जुम्लाका दानबहादुर रोकायाको ज्यान गयो । पूर्वी सुर्खेतको काफलकोटमा परिक्षा दिएर घर फर्किँदै १९ वर्षकी हिमा बुढा, २० वर्षकी विपना बुढाको बाढीले बगाएर मृत्यु भयो । दुई जना युवतीको ज्यान गुमेपछि पूर्वी सुर्खेत शोकमा डुब्यो । त्यस्तै गत कात्तिक २२ गते सुर्खेत आग्री गाँउमा रहेको प्रहरी चौकीमा स्थानीय बासीन्दाले आक्रमण गरे । सो चौकीमा रहेका प्रहरीको भागाभाग भयो र कयौं हतियार स्थानीयले लुटेर लिए । सुर्खेत प्रस्तावित बराहाताल गाँउपलिका वडा नं ८ निवासी कक्षा ३ मा अध्ययन रत ९ वर्षका एक दलित बालक ठकुरी पाराबाट भिमबहादुर बि क कुटिए । केही दिन अघि सुर्खेतका युवा व्यवसायी तथा कलाकार चेतन पुरीले मोटरसाइकल दुघटनामा परि ज्यान गुमाउनु पयो । चैत २२ जिल्ला वन कार्यालय सुर्खेतको विशेष सुरकीबाट काठ तस्करी गरेका प्रहरीका हवाल्दार सहित ४ जना प्रक्राउ परे । यी सबै २०७३ सालका सुर्खेतका नकारात्मक घटना हुन् । २०७३ सालमा पनि सुर्खेतका बाढीपिडितहरुले च्यातिएका त्रिपालभित्रै जिवन बिताउन बाध्य भएका थिए । तीन वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपिडित सरह राहत दिने घोषणा गरे । सुर्खेतको एक कार्यक्रममा सहभागि हुन आएका प्रचण्डलाई बाढि पिडितले मागपत्र प्रस्तुत गरेपछि प्रधानमन्त्रीले सुर्खेतका बाढिपिडीतका माग पुरा गरे । गएको बर्षले अत्यसम्म केही विवादका बीचमा पनि आशाहरु छोडेर गएको छ । नेपाल सरकारले बजेट भाषण मार्फत २०७३ वैशाख ७ गते भेरी बबई डाइर्भसनको काम समयमै सम्पन्न गर्ने घोषणा गरेको छ । सुर्खेत जिल्लामा पनि मेडिकल कलेज निमार्ण गरिने भएको छ । गुहमन्त्री शक्ति बहादुर बस्नेतद्वारा पश्चिम सुर्खेतको इलाका क्षेत्रीय प्रशासन कार्यालयको उद्दघाटन भएको छ । गएको बर्ष नै सरकारले कोहलपुर सुर्खेत ४ लेन सडक विस्तार गर्ने निणर्य गरेको छ, यो सुर्खेती बासीन्दाहरुका लागि अत्यन्तै खुसीको विषय हो । तत्कालीन सरकारले प्रदेश नं ६ विभिन्न जडीबुटीको सम्भावना भएकोले सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र विस्तार गर्ने निर्णय गरेको छ । अन्तरनिर्भर समाजको सहयोगबाट तरगा गाविसका बाढी पिडितहरुलाई ४६ घर निर्माण भए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाचौँ सिनेटले ८ वटा विभिन्न जिल्लाका क्याम्पसहरुलाई आंगिक क्यापसको रुपमा प्रस्ताव गर्यो । ६ अर्वको लागनी भित्राउने योजना सहित सुर्खेतमा लगानी वर्ष २०७३ घोषणा भयो । सुर्खेत जिल्ला खुल्ला दिसामूक्त जिल्ला घोषणा भयो । वीरेन्द्रनगर बजारमा आपूत्ति मन्त्रालद्वारा बजार खाद्य पसलहरुमा अनुगमन भए । यी सबै समाचारले सुर्खेत र यस प्रदेशमा सकारात्मक सञ्चार गर्यो । जिल्ला विकास समिति सुर्खेतको परिषदबाट आव ७४÷७५ मा २ अर्व भन्दा बजेट प्रस्ताव भयो यसले सुर्खेतमा विकासका थुप्रै उपलब्धीहरु गर्यो । मंसिर महिनामा देशभरी झैं वर्तमान प्रचण्ड सरकारले सुर्खेतलाई पनि लोडसेडिङ्ग मुक्त गर्यो । यस्तै, प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक सिसी क्यामेरा जोडिएको छ । अपराध न्युनिकरण गर्न यो सबैको सहकार्यमा गरिएको काम हो । त्यो सँगै बजारका मुख्य चोक र बजार क्षेत्रमा ३१ वटा सीसी क्यामेरा जडान गरी यो पनि अपराध न्युनिकरणका लागि प्रयास थालीएको छ । समग्रतामा अघिल्लो बर्षभन्दा गएको २०७३ साल सुर्खेतीहरुका लागि उपलब्धीमुलक वर्ष बनेको छ । आशा गरौं सुर्खेत २०७४ सालमा प्रदेशको राजधानी हुनेछ । यसले सुर्खेतीहरुमा अझ ठूलो आशाको सञ्चार गर्नेछ । निराशा होइन आशामा रहेको २०७३ साल जस्तै ७४ साल पनि सुर्खेतीका लागि अझ भरोसाको बर्ष बनोस् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE