Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

आज दिमाग ठण्डा राख्ने पर्व मनाइँदै

\"\"विराटनगर, २ वैशाख । नव वर्षको आगमनसँगै आज तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ । यस पर्वका अवसरमा आज बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर्वलाई ‘जुडशीतलपर्व’ पर्व पनि भन्ने गरिन्छ । यसका साथै प्रत्येक परिवारले आआफ्ना खेतबारीमा रहेका रुखको जरामा पानी हाल्ने, सडक सफा गर्ने तथा कुलो र इनारको सफाइ गर्छन् । सोही क्रममा उनीहरु हिलो पनि खेल्छन् । घरका अग्रजले देवीदेवताको पूजा गरी सानो प्वाल पारी कुश राखिएको गाग्रामा जल भर्छन् । सो ग्रागामा पसाइएको कुशबाट जल थोपा थोपा गरी तुलसीको बोटमाथि झर्छ । प्रत्येक दिन पूजापाठ गरी गाग्रोमा जल भर्ने गरिन्छ । यो प्रक्रिया एक महिनासम्म चल्छ । चैत महिनाको गर्मीमा तुलसीको बोट नसुकोस् भन्ने यसको उद्देश्य रहेको देखिन्छ । यस पर्वका अवसरमा गए राति नयाँ माटाको भाँडामा पकाइएको भात अर्थात् ‘बासीभात’बाट देवीदेवताको पूजा गरिन्छ । सो प्रसाद घरको प्रत्येक चौखटमा राखेर जल अर्पण गरिन्छ । आज बिहान खाना पकाइएपछि चुलो पूजा गरिन्छ । राति खाना पकाइँदैन । चुल्होलाई वर्षको एक दिन आराम गर्न दिनुपर्ने धार्मिक मान्यता छ । यो पर्व मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई, ताजपुरियालगायतले आआफ्ना धार्मिक एवम् सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् । पर्वमा आँपको टिकिलाको चटनी, सोहीजन, दही, मिठाइ अनिवार्य रुपमा खाने गरिन्छ । थारु र राजवंशीलगायत जातिमा मासु खाने चलन छ । सरकारले यो पर्व मनाउनका लागि आज झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सार्वजनिक बिदा दिँदै आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending