Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

धनगढीमा माओवादीले उम्मेद्वार टुंगो लगायो (नामसहित)

\"\"धनगढी, २ वैशाख । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताए । यस्तै कैलारी गाउँपालिका प्रमुखमा लाधुराम चौधरी, बर्दगोरिया गाउँपालिका प्रमुखमा गणेश गिरी र जानकीनगर गाउँपालिकाको प्रमुखमा फूलराम चौधरीलाई उठाइने छ । जिल्लाका अन्य स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा भने टुङ्गो लगाउन बाँकी रहेको चौधरीले बताए । नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपालगायत दलले अहिलेसम्म कैलालीका स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । काँग्रेसबाट धनगढी उपमहानगरपालिका प्रमुखमा युवा नेता कृष्णबहादुर महरा र नगर सभापति नृप ओड, नेकपा (एमाले)बाट दीपकप्रसाद देवकोटा, रणबहादुर चन्द र नारदमुनि राना, राप्रपाका तर्फबाट रोम स्वाँर, राजेश भण्डारी, पुष्करदत्त भट्ट र जनककुमारी कुँवरको नाम बढी चर्चामा छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा आकाङ्क्षी बढी देखिएपछि उम्मेदवार छनोट गर्न दललाई सकस परेको छ । उम्मेदवारका आकाङ्क्षीले टिकट हत्याउन आआफ्ना पक्षमा भित्रभित्रै सम्पर्क गर्न थालेका छन् । नयाँ संरचनानुसार कैलालीमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, भजनी नपा, घोडाघोडी नपा, गोदावरी नपा र जोशीपुर गाउँपालिका, चुरे गापा, कैलारी गापा, मोहन्याल गापा, बर्दगोरिया गापा र जानकी गापा गरी १३ स्थानीय तहमा निर्वाचन हुन लागेको छ । सात नं प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी मतदाता (तीन लाख ९४ हजार ३२ मतदाता) भएको कैलालीमा वर्षायाममा नदी कटान, डुबान, उचित सडक, खानेपानी, विद्युत्, कृषिका लागि सिँचाइलगायत पूर्वाधारको ठूलो समस्या छ । सोबाहे मुक्तकमैया पुनःस्थापना, सुकुम्बासीको बसोबास पनि ठूलो समस्याका रुपमा रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE