Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

ठगी आरोपमा एमाले नेता साउदीमा पक्राउ

\"\"काठमाडाैं, २ वैशाख । नेकपा एमाले निकट प्रवासी मञ्च साउदीका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष परशुराम मिश्र मजदुर ठगी आरोपमा साउदीमा पक्राउ परेका छन् । लामो समयदेखि साउदी अरबको रियादमा कार्यरत तनहु स्थाई ठेगाना भई हाल चितवन निबासी परशुराम मिश्रले आममाफीको समयमा नेपालीहरुबाट मोटो रकम लिई नेपाल पठाई दिन्छु भन्दै ठगी गरिरहँदा माओवादी केन्द्र निकट जन प्रगतिशील मञ्च साउदिले विशेष सूचनाको आधारमा खोजी गरि नेपाली दूतावासको जिम्मा लगाएको मञ्चका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए । साउदी सरकारले अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदारलाई निर्वाधरूपमा स्वदेश फर्कन पाउने गरि केहि दिन अघिबाट सुरु गरेको आममाफीको सम्पूर्ण प्रक्रिया निःशुल्क रहेको तथा दुताबासलगायत संघ, संस्था एवं सामाजिक अभियन्ता नेपालीहरुको सहयोगमा सजह फिर्ती हुन पाउने अवस्थामा मिश्रले पीडित नेपाली श्रमिकबाटनै रकम ठगी गरेको हुँदा पीडितहरुले फिर्ती प्रक्रियाप्रति नै शंका गर्न थालेको पाैडेलले बताए । [caption id=\"attachment_127351\" align=\"alignnone\" width=\"750\"]\"\" प्रवासी मञ्च साउदीका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष परशुराम मिश्र[/caption] यस्तै नेपाली राजदुताबास साउदीको आधिकारिक फेसबुक पेज मार्फत जारि गरिएको विज्ञप्तिमा ३ जना नेपाली नागरिकहरु पूर्णधन राई,राम थापा मगर र कमान सिंह थापासँग परशुराम मिश्रले आममाफीको समयमा नेपाल पठाई दिन्छु भनि मोटो रकम ठगि गरेको उजुरीको विषयमा जन प्रगतिशील मञ्च साउदीको विशेष पहलमा दुवै पक्षलाई राजदुताबासमा बोलाई यथार्थ विवरण बुझ्दा मिश्रले पीडितबाट रकम ठगी गरेको स्वीकार गरेकाले पिडितहरुको रकम असुल उपर गरी मिश्रलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रहरीको जिम्मा लगाइएको उल्लेख गरिएको छ । [caption id=\"attachment_127352\" align=\"aligncenter\" width=\"750\"]\"\" पिडित[/caption] पौडेलले मिश्र लामो समयदेखि समाजसेवाको आडमा दुताबाससम्म पहुँच बनाउदै खेलकुद प्रतियोगता देखि विभिन्न कार्यक्रमको आयोजनामा निकै सक्रियताका साथ लाग्ने गरेका भएपनि खेलकुद प्रतियोगिता र सोको आधारमा हुने सम्बन्धको प्रयोग गरि नेपालमा पहेंलो धातुको अबैध तस्करी, हुण्डी लगायतको कार्यमा समेत संलग्न हुँदै आएको रहस्य खुल्न थालेको बताए । त्यस्तै, एनए मिडियाका प्रधान सम्पादक कृष्ण श्रेष्ठले सो प्रकरण सम्बन्धमा नेपाली दुताबासका कार्यवाहक राजदुत आनन्द शर्मासँग गरेको टेलीफोन वार्तामा शर्माले मिश्र दुताबासको गेटसम्म आएका सेवाग्राहीहरुलार्इ समेत नर्गल कुरा लगाई आफ्नो जालमा पार्ने गरेको र ती नेपालीहरुलाई छिट्टो नेपाल फर्काउने लोभ देखाई पैसा माग्ने गरेको बताए । उजुरी परेका मध्ये ३ जना सँग २५००/२५००/१८०० साउदी रियल लिई सकेको र अझै थप ६३०० रकम लाग्ने भनि रकम बार्गेनिग गरि रहँदा पीडितलाई रकम निकाल्न अप्ठ्यारो परेको भनी मञ्च साउदीका केन्द्रिय सल्लाहकार गणेश घटानीको सम्पर्कमा आएका र घटानीले विशेष पहल गर्दै पीडित र पिडक दुबैलार्इ दूतावासमा उपस्थित गराइ बुझ्दा पिडकले उम्कने बहाना खोज्न थालेपछि प्रहरीको जिम्मा लगाउनु परेको पौडेलले बताए । दुताबासले यसअघि नै मिश्रलाई बिगतका गल्तीहरुमा आन्तरिक सहमति बाट छुट दिएको भएपनि मजदुर ठगीको स-प्रमाणमा कुनै माफी नमिल्ने भन्दै दूताबासले नै प्रहरीलार्इ बोलाएको पौडेलले जानकारी दिए । उनका अनुसार मञ्चको पहलमा भएको यस कार्यप्रति नेपाली दूतावास साउदीले खुलेर प्रशंसा गरेको र समाजसेवाको ट्याग भिरेर दलाली गर्नेहरुसँग सजक रहन सबैलाई अनुरोध समेत गरेको छ । \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE