Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

सगरमाथाको आधा रशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास निकालिने

\"\"सोलुखुम्बु, ३१ चैत । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थियो । तर त्यहाँ पनि फोहोरको मात्रा बढेपछि अहिले डम्पिङ साइड लोबुचे छेउमा सारिएको छ । त्यहाँ पनि समस्या बढ्न थालेपछि सो मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादन गर्ने विकल्प खोजिएको एसपीसीसीका अध्यक्ष आङ दोर्जी शेर्पाले बताए । अध्यक्ष शेर्पाकाअनुसार समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय ९अमेरिका० र काठमाडौँ विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजनाको नामबाट अनुसन्धान गरेको थियो । अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको छ । त्यही परियोजनाको विस्तारित रुपमा बायोग्यास प्लान्ट बनाउन लागिएको अध्यक्ष शेर्पाले बताए । सगरमाथा आधारशिविरबाट सङ्कलन गरिएको मानव मलमूत्रको नमुना १० महिनासम्म केयूको वातावारण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो । सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्यास उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो । न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एम मिलिलिटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलिटर ग्यास निस्कने अध्ययनले देखाएको छ । जसमा मिथेनको मात्रा १० मिलिलिटर छ । केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्यास प्लान्ट बनाउन थालिएको छ । तीन हजार ७९० मिटर उचाईमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप नेपालले यसअघि नै बायोग्यास प्लान्ट बनाएको छ । तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्यास प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहोर फर्काउने गरेका छन् । आधारशिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पाले बताए । समस्या बन्दै गएको सगरमाथा आधारशिविरको मानव मलमूत्रबाट ग्यास निकाल्न थालिएपछि गोरपशेपका तथा लबुचे मलमूत्रको समस्यासँगै खाना पकाउने इन्धनको समस्या पनि हट्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले बताएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE