Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

उहाँको प्रेमकै कारण ‘राघव’ फिल्ममा प्रेमीको नाम कालु राखेँ

\"\"अभिनेत्री अशिष्मा नकर्मी अहिलेकी व्यस्त नायिकामा पर्छिन् । उनी अभिनीत फिल्म ‘मेला’ र ‘राधे’ रिलिजको तयारीमा छन् । यसअघि उनले ‘अधकट्टी’, ‘राघव’, ‘तोरीलाहुरे’, ‘नाव्य’, ‘लभ यु बाबा’, ‘अन्तराल’, ‘बाटोमुनिको फूल–२’ लगायत एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले धेरै अवार्ड पनि हात पारिसकेकी छिन् । फिल्ममा खुसी उनै अशिष्मा, प्रेममा भने दुःखी छिन् । आजको नयाँ पत्रिकाका रामजी ज्ञवालीलाई उनले आफ्नो प्रेमकथा सुनाएकी छिन्ः त मलाई मन पराउने धेरै छन् । फेसबुक र फोनबाट मात्रै होइन, प्रत्यक्ष पनि पर्पोज राख्छन् । आफूलाई मन पराउनेको बयान धेरै गर्न चाहन्नँ । यसमा मैले घमण्ड गर्नु केही छैन । बरु, आफैँले मन पराएको व्यक्तिको कुरा गर्न चाहन्छु, जसलाई म संसारमै सबैभन्दा माया गर्छु । हो, म कसैको प्रेममा पागल छु, यो भन्न कुनै धक मान्दिनँ ।
मैले उहाँप्रतिको प्रेमकै कारण फिल्म ‘राघव’मा प्रेमीको नाम कालु राखेँ । किनभने उहाँलाई मैले कालु नामले बोलाउँथेँ । उहाँसँग छुटेपछि केही केटा मसँग अफेयरमा रहन चाहे । तर, मैले सकिनँ । कुनै फिलिङ्स नै आएन । कसैसँग सँगै हिँड्दा पनि उहाँकै सम्झनाले सताउँछ । उहाँलाई गुमाएकोमा अहिले धेरै पछुतो छ ।
कुनै वेला अरू कसैसँग प्रेममा थिएँ । उहाँसँगको प्रेम सम्बन्ध केही वर्षमै टुट्यो । पहिलो प्रेम ब्रेकअप भइसकेपछि दोस्रोपटक उहाँसँग जोडिन पुगेकी हुँ । हाइफाइभमार्फत् हाम्रो पहिलो भेट भएको थियो । हाइफाइफ च्याटमा धेरै कुरा हुन्थ्यो । उहाँ त्यतिवेला बेलायत हुनुहुन्थ्यो । हाम्रो प्रेम नभेट्दा नै धेरै झाँगियो । मैले उहाँलाई मायाले बोलाउने नाम थियो, कालु । प्लस टु सकेर अध्ययनका लागि म अमेरिका गएँ । सन् २००७ को कुरा हो । मलाई भेट्न उहाँ बेलायतबाट अमेरिका आउनुभयो । तर, त्यो प्रत्यक्ष भेट खासै उत्साहजनक भएन । म नै उहाँ बसेको ठाउँमा भेट्न पुगेँ । तर, उहाँका साथीहरू पनि साथै भएकाले राम्रोसँग कुरा हुन पाएन । म पूर्ण खुसी नलिकनैै फर्किएँ । म त्यहाँ नयाँ भएकाले पनि सबै ठाउँबारे परिचित पनि थिइनँ । त्यसैले उहाँले मलाई भेट्न कुर्नुपरेको थियो । यही कारणले उहाँ पनि रिसाउनुभयो । उहाँसँग अर्को भेट हुन पाएन, केही दिनमै बेलायत फर्किनुभयो । म अमेरिकामा पाँच वर्ष बसेँ । टेक्सासस्थित युएनटी युनिभर्सिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्रेजुएट गरेपछि नेपाल फर्किएकी हुँ । मेरो जीवनमा सबैभन्दा मन पर्ने कोही थियो भने उहाँ नै हो । त्यसैले उहाँलाई सधैँ सम्झिएर बसेँ । घर परिवारमा पनि उहाँसँगको प्रेमबारे थाहा थियो । बिहे गरे पनि हुन्छ भन्नेसम्मको कुरा उठेको थियो । तर, सबै कुरामै सीमित भए । अमेरिकाको एकछिनको भेटपछि उहाँसँग मेरो भेट कहिल्यै भएको छैन । फेसबुकमा साथी पनि छैनौँ । उहाँप्रतिको प्रेम सम्झिँदा बिझाउँछ मलाई । तर, म अझै उहाँकै प्रेममा अल्झिएको छु । त्यसैले त दिनदिनै उहाँको फेसबुक सर्च गर्छु, उहाँका फोटो हेर्छु, उहाँबारे अपडेट भइरहन्छु। उहाँसँग म अनकन्डिसनल प्रेममा छु किनभने उहाँको पारिवारिक जीवन सेटल भइसकेको छ । विवाह गरिसक्नुभएको छ । सन्तान पनि जन्माइसक्नुभएको छ । तर, पनि उहाँलाई नै म प्रेम गरिरहेछु । छोटो समयमै हाम्रो प्रेम नजोडिँदै टुट्यो र उहाँले अर्को बाटो लिनुभयो । म उहाँको जीवनमा कुनै बोझ बन्न चाहन्नँ, तर चोखो माया गर्छु गरिरहन्छु । मेरो जीवनको पहिलो अनकन्डिसनल प्रेम उहाँ नै हो । त्यो दिन सम्झेर म धेरै भावुक हुन्छु । उहाँसँग एकपटक, त्यो पनि छोटो समय भेट भयो, तर उहाँप्रतिको फिलिङ्स नराम्रोसँग गढ्यो । आज सम्झिँदा हेरूँ भने सँगै खिचेको एउटा फोटोसमेत साथमा छैन । लाग्छ, एउटा फोटो मात्रै भइदिएको भए पनि कति खुसी हुन्थेँ होला । सोच्छु, उहाँको बिहे नभइदिएको भए हुन्थ्यो । तर, जे हुनु भइसक्यो, अब एकपटक भने पनि भेट्न पाऊँ र मनभरिका कुरा राख्न पाऊँ । मैले उहाँप्रतिको प्रेमकै कारण फिल्म ‘राघव’मा प्रेमीको नाम कालु राखेँ । किनभने उहाँलाई मैले कालु नामले बोलाउँथेँ । उहाँसँग छुटेपछि केही केटा मसँग अफेयरमा रहन चाहे । तर, मैले सकिनँ । कुनै फिलिङ्स नै आएन । कसैसँग सँगै हिँड्दा पनि उहाँकै सम्झनाले सताउँछ । उहाँलाई गुमाएकोमा अहिले धेरै पछुतो छ । जब प्रेम दिवस आउँछ, तब याद झन् बढी आउँछ । उहाँप्रति मेरो सम्मान र इज्जत अहिले पनि छ । तर, अरू कसैको भइसकेकाले फोन गर्ने, फेसबुक च्याट गर्ने सम्भावना छैन । र, अरूसँग पनि जोडिन सक्दिनँ । प्रेम प्रस्ताव त आउँछ, तर कालुसँगको प्रेम यादले कसैसँग जोडिन नै दिँदैन । हो, म अहिले एक्लै छु, उहाँकै याद मनमा बोकेर ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE