Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो

\"\"म्याग्दी, २६ चैत । धौलागिरि गाउँपालिकाको केन्द्रका विषयमा उत्पन्न विवाद शुक्रबार तीनबुँदे सहमतिमा टुङ्गिएको छ । राजपत्रमा उल्लेख भएअनुसार तत्काललाई गाउँपालिकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षीय भेला गरी समृद्ध धौलागिरिको खाका कोर्ने विषयमा छलफलसँगै सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र कायम गर्ने सहमति भएको छ । यसैगरी वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाले सबै वडामा घुम्ती सेवा दिने र निर्वाचन अधिकृतको कार्यालय मुनाबाहेकको ठाउँमा राख्न सम्भव भए नभएका विषयमा अध्ययन गर्न पहल गर्ने सहमति भएको छ । जिल्ला समन्वय समितिका पहलमा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँ, राजनीतिक दलका जिल्लास्तरीय, ताकम र मुनाका प्रतिनिधिको उपस्थितिमा दुई दिनसम्म भएको छलफलपछि सहमति कायम भएको हो । केन्द्रको विवाद समाधान भएपछि गाउँपालिका कार्यान्वयन र निर्वाचनको सहज वातावरण बनेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताए । तत्काललाई अस्थायी केन्द्रबाटै गाउँपालिकाको कार्य सञ्चालन हुने र पछि अल्पमत, बहुमत नभनीकन सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र राख्ने गरी समझदारी बनेको स्थानीय विकास अधिकारी गिरीले जानकारी दिए । स्थानीय तह पुनःसंरचनाका लागि गठित तत्कालीन जिल्ला प्राविधिक सहयोग समितिले धौलागिरि गाउँपालिकाको केन्द्र ताकम÷मुना सिफारिस गरेको थियो । राज्य पुनःसंरचना आयोगको सिफारिसमा साबिक मुना गाविसको कार्यालयलाई गाउँपालिकाको अस्थायी केन्द्र कायम गरिएपछि ताकमका बासिन्दाले पूर्वाधारको उपलब्धता, भौगोलिक सुगमता, बस्ती विकासको सम्भावना, विपद्को जोखिम नभएको लगायत कारणले ताकममा केन्द्र बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । सहमतिपछि यही चैत २९ गते मुनामा औपचारिक कार्यक्रम गरेर गाउँपालिकाको केन्द्र उद्घाटन गर्ने तयारी भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताए । साबिकका गुर्जा, लुलाङ, मुदी, मुना, ताकम, मराङ र मल्कवाङ गाविस समावेश भएको धौलागिरि गाउँपालिकामा पर्यटन, कृषि, जलविद्युत्, पशुपालन र जडीबुटीमा प्रचुर सम्भावना छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending