Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कोलम्बियामा पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो

[caption id=\"attachment_28302\" align=\"alignleft\" width=\"664\"]\"\" file photo[/caption] कोलम्बिया, २१ चैत । कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ । मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् ।राष्ट्रपति जोन म्यानुअल सान्तोषले ठूलो स्वास्थ्य समस्या देखिनसक्ने भन्दै पानी र औषधिको तत्कालीन व्यवस्था गर्न निर्देशन दिएका छन् । विद्युत् र खानेपानीको सेवा अहिलेसम्म पनि सुचारु हुन सकेको छैन । विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैँछ । सरकारसँग ऐतिहासिक शान्ति प्रक्रियामा रहेको बामपन्थी विद्रोही समूह रिभोलुस्नरी आर्मड फोर्स अफ कोलम्बिया ९एफएआरसी०ले पनि विपद्मा परेकालाई अनपेक्षित सहयोग गरेका छन् । उनीहरुले बाढीपहिरोले क्षतिग्रस्त ठाउको पुनःनिर्माणका लागि पनि योजना बनाइरहेको बताएका छन् । स्थानीय बासिन्दाले विपद्का लागि कुनै पूर्व तयारी नभएको बताएका छन् । गत शुक्रबार अबेर भिषण वर्षा भएपछि बाढीपहिरोको सामान्य चेतावनी भने दिइएको थियो । पहिरोले हजारौ घर, पुल, सवारी साधन, रुख ढलाएको तथा बगाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताउनुभयो । विशाल हिमपहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उनको भनाई छ । राष्ट्रपति सान्तोषले त्यो नदीमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरी बसोवास गर्नेहरुलाई सतर्क रहन भनिए पनि अनपेक्षित बाढी आएको बताए । उनले यस दुःखको घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । “हामी सबै बाढिपहिरो पीडितको साथमा छौं, हामी तपाईहरुको लागि प्राथना गरिरहेका छौं” उनले भने । कोलम्बियामा बेला बेलामा यस्ता बाढिपहिरोका कारण सयौंको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीहरुले जनाएका छन् । गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमापर्ने इल टम्बोमा आएको पहिरोमा परी ९ जनाको मृत्युभएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending