Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गरिबी निवारण मन्त्रालय आफैं गरिबी

\"\"काठमाडौँ, २१ चैत । ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न भनेर स्थापित सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैँ गरिब भएको छ । अर्थमन्त्रालयले सो मन्त्रालयलाई गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न भनेजति रकम विनियोजन नगरेपछि र गरिबी निवारणसम्बन्धी कार्यक्रम आफ्ना मन्त्रालयको भन्दा अरु मन्त्रालयको प्राथमिकता भएका कारण दिनप्रतिदिन गरिबी निवारण मन्त्रालय झन गरिब भन्दै गएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड ९नेफ्स्कुन०द्वारा आजदेखि यहाँ आयोजित लेखा सुपरीक्षण समितिको राष्ट्रिय गोष्ठी, २०७३ लाई सम्बोधन गर्ने क्रममा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बजेट अभाव भएका कारण मन्त्रालय दिनप्रतिदिन गरिब बन्दै गएको बताए । उनका अनुसार विभिन्न १४ वटा मन्त्रालयका ४९ वटा कार्यक्रम गरिबी निवारणसम्बन्धी रहेका छन् । गरिबी निवारणका लागि अरबौँ लगानी गर्ने गरिबी निवारणकोष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, युवा स्वरोजगार कोषका कार्यक्रम अर्थमन्त्रालय र गरिबसित विश्वेश्वर कार्यक्रम सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत सञ्चालित छन् । मन्त्री थामीले भने – “नाममात्र रह्यो सहकारी तथा गरिबी निवारण मन्त्रालय काम भने हुन सकेन, अर्थ नभएका कारण यो मन्त्रालय झन गरिब हुँदै गएको छ ।” दुईदिने सो गोष्ठीमा विभिन्न जिल्लाका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका लेखा सुपरीवेक्षण समितिमा कार्यरत ४५० जनाको सहभागिता रहेका छन् । बचत तथा ऋण सहकारी संस्थामा वित्तीय अनुशासन र स्वनियमका बारेमा सहभागीलाई प्रशिक्षित गराइनेछ । राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका सहकारी प्रवद्र्धन गर्न सहकारी ऐनलाई संशोधन गर्नुपर्ने माग गरे । हाल मुलुकभर ३४ हजार सहकारी सस्था रहेका छन् । यसका करिब ६० लाख सहकर्मी आबद्ध रहेका छन् । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले सहकारीलाई आर्थिक विकासको अभियानका रुपमा आफ्नो संस्थाले अगाडि बढाइरहेको जानकारी दिए । पूर्व अध्यक्ष ऋषिराज घिमिरे, उपाध्यक्ष परितोष पौड्याल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, सहकारी विभागका रजिष्ट्रार केशव रेग्मीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE