Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे

\"\"जाजरकोट, २१ चैत । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् । पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए । उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् । प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताए । असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको र अनिश्चितकालका लागि कार्यक्रम पनि स्थगित गरेको उनको भनाई छ । “सामाजिक क्षेत्रको अगुवाइ गरेका व्यक्तिको सदरमुकामभित्रै दिनदहाडै हत्या हुनु र पाँच दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासनले अरुको पनि के सुरक्षा देला ?” उनले भने, “सरकारको सहयोगी निकायका रूपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने सामाजिक कार्यकर्ताको असुरक्षा बढ्दा दुर्गम गाउँमा कसरी काम गर्ने र?” सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म जिल्लामा सञ्चालित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको शर्माले बताए । अहिले हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अस्टे«लिया, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् । ती संस्थामा कार्यरत ५०० भन्दा बढी कर्मचारी खलङ्गामा केन्द्रित भएका छन् । मृतक शाह अध्यक्ष रहेको संस्थामा मात्र १२० बढी कर्मचारी कार्यरत थिए । गैरसरकारी संस्था महासङ्घ जाजरकोटले शाहका हत्यारालाई दुई दिनभित्र पत्ता नलगाए प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । भेरी नगरपालिका–३, थाप्ले निवासी शाहको जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाकको क्रममा सात÷आठ जनाको समूहमा रहेका अपरिचित व्यक्तिले ढुङ्गाले हानेर हत्या गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE