Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

आगोले जलेकी स्मिताको उपचारमा समस्या

\"\"पर्वत, १७ चैत । घरकै चुल्होमा सल्किएको आगोमा परेर गम्भीर घाइते भएकी यहाँकी एक बालिकाको उपचारमा आर्थिक समस्या परेको छ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ बाजुङकी ६ वर्षीया स्मिता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाइते भएकी बालिकाको अहिले राजधानीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । विपन्न परिवारकी बालिका घाइते भएपछि उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले गुनासो गरे । उनले भने, “घरजग्गाको नाममा घरबाहेक अरु केही छैन, अन्य कुनै आर्थिक स्रोतसमेत नभएकाले निकै समस्या परेको छ ।” अहिलेसम्म दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको र अझै त्यति नै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौँतारिएको उनले बताए । छोरा, बुहारी घाइते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफू सहयोगको खोजीमा हिँड्नु परेको काजीमानले गुनासो गरे । घाइते बालिकाका बाबु लालकाजी र आमा कल्पना गाउँमै मजदुरी पेसा गरेर गुजारा चलाउँदै आएका थिए । शरीरको पूरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो । गुप्ताङ्ग लगायत भागको घाउ निको हुँदै गएको र अन्य स्थानमा प्लास्टिक सर्जरी गर्नुपर्ने तथा केही भागको शल्यक्रिया अझै बाँकी रहेको परिवारले जानकारी दिएका छन् । लालकाजीका दुई छोरी र एक छोरा रहेका छन् । अहिलेसम्म दुई लाख रुपैयाँ खोजेर राजधानीमा पठाएँ अझै त्यति रकम आवश्यक पर्ने भएकाले कहाँबाट सङ्कलन गर्ने हो भन्ने पिरलो परेको बाजे काजीमानले गुनासो गरे । स्थानीय नेकपा (एमाले) का नेता भक्त कुँवरले विपन्न परिवारकी बालिकाको उपचारका लागि आर्थिक समस्या बल्झिएको र सहयोग गर्न सबैसँग अपिल गरिएको जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE