Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सिंहलाई लैनचौरमा ‘रेड कार्पेट’

\"\" काठमाडौं, ११ चैत । नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिव सिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रेको अवकाशपछि नियुक्त भएका सिंहको शुक्रबार लैनचौरमा आगमन हुँदैछ । रन्जित रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका छन् । भारतले मन्जिव सिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नाममा नेपालले अनुमोदन गरेपछि सिंह नेपाल आउन लागेका हुन् । सिंहको लैनचौरमा शुक्रबार आगमन भए पनि सोमवारदेखि मात्रै कार्यभार सम्हाल्नेछन् । नवनियुक्त राजदूत सिंहसँग यसअघि भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरेको अनुभव छ । त्यसअघि संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका थिए । उनले सन् १९८२ मा भारतीय परराष्ट्र सेवाबाट काम शुरु गरेका थिए । उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघको प्रतिनिधि बनेर काम गरेका थिए । उनी सन् २०११ देखि २०१३ सम्म भारतीय सुरक्षा परिषद्को सदस्य समेत थिए । सन् २००५ देखि २००९ सम्म सिंह भारतीय परराष्ट्र मन्त्रालय अन्तर्गतको संयुक्त राष्ट्रसंघीय इकाइको प्रमुख भएर समेत काम गरेका थिए । उनले दुईपटकसम्म जर्मनीमा बसेर पनि काम गरेका थिए । भारतीय परराष्ट्र मन्त्रालयको तर्फबाट थाइल्यान्ड, भेनेजुएला, दक्षिण अफ्रिका, ओमान लगायतका थुप्रै देशमा रहेर काम गरेको उनको अनुभव छ । पछिल्लो समय रञ्जित रेको अवकाशपछि भारतले मन्त्री स्तरीय राजदूत पठाउने तयारी गरेको थियो । अहिलेसम्म सचिवस्तरीय कर्मचारीलाई मात्रै राजदूत बनाउने गरेको भारतको मन्त्री स्तरीय राजदूत पठाउने योजना भने भारतमा ब्याप्त कर्मचारीतन्त्रकै दबाबमा पूरा हुन नसकेको बताइएको छ । भारतमा भने नेपालले मन्त्रीस्तरीय राजदूत पठाउने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE