Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

क्रिकेट खेलाडीको पारिश्रमिक दोब्बर, बार्षिक २ करोडसम्म

\"\"नयाँदिल्ली, १० चैत । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले रवीन्द्र जडेजा, चेतेश्वर पुजारा र मुरली विजयलाई पहिलो श्रेणीमा राखेको छ । बिसिसिआईले खेलाडीहरूसँगको वार्षिक सम्झौता नविकरण गर्दै बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गरेको हो । यस्तै टेष्ट क्रिकेटबाट सन्यास लिनुका बाबजुद धोनीलाई बिसीसीआईले ए ग्रेडमै राखेको छ । अलराउण्डर जडेजा सी ग्रेडबाट एकैचोटी ए ग्रेडमा बढुवा भएका हुन् । अष्ट्रेलियाबिरुद्धको जारी सिरिजमा शानदार प्रदर्शनपछि उनी बढुवा भएका हुन् । अस्ट्रेलियाविरुद्धको राँची टेस्टमा ९ विकेट लिएपछि जडेजासँग बिसिसिआईले सीधै ‘क’ वर्गमा सम्झौता गरेको हो । यसअघि उनी ख वर्गमा थिए । यसैगरी, पुजारा पनि खबाट क वर्गमा उक्लेका हुन् । भारतीय क्रिकेट बोर्डले क्रिकेटरहरूलाई श्रेणी विभाजन गरेर तलब भत्ता दिदै आएको छ। कसले कति तलबभत्ता पाउँछन् । क वर्गमा ७, ख मा ९ र १७ जना ग वर्गमा परेका छन् । क वर्ग (वार्षिक दुई करोड भारु) विराट कोहली, महेन्द्रसिंह धोनी, रविचन्द्रन आश्विन, अजिन्का राहाणे, चेतेश्वर पुजारा, मुरली विजय, रवीन्द्र जडेजाले वार्षिक २ करोड भारू पारिश्रमिक पाउनेछन् । उनीहरूले यसअघि १ करोड रूपैयाँ पाउने गरेका थिए। यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी(ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन् । ख वर्ग (वार्षिक पारिश्रमिक) एक करोड भारू० रोहित शर्मा, लोकेश लाहुल, भुवनेश्वर कुमार, मोहमद सामी, इशान्त शर्मा, उमेश यादव, ऋिद्धिमान साह जस्प्रित बुमराह, युवराज सिंह ख वर्गमा परेका क्रिकेटरहरू हुन् । उनीहरूले वार्षिक १ करोड भारू पाउँछन् । यसअघि ५० लाख भारू पाउने गरेका थिए यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी(ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन् । ग वर्ग वार्षिक पारिश्रमिक ५० लाख भारु शिखर धवन, अम्बाती रायडु, अमित मिश्रा, मनीष पाण्डे, अक्षर पटेल, करुण नैर, हार्दिक पान्ड्या, आशिष नेहरा, केदार ज्यादब, युभ्जेन्द्र चहाल, पार्थिव पटेल, जयन्त यादव, मन्दीप सिंह, धवन कुलकर्णी ग श्रेणीमा परेका छन् । उनीहरूले वार्षिक ५० लाख भारू पारिश्रमिक पाउनेछन् । यसअघि ग श्रेणीका क्रिकेटरहरूको तलब २५ लाख भारू थियो । यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन् । बिसिसिआईले २०१५ को नोभेम्बरमा खेलाडीसँग अन्तिमपटक वार्षिक सम्झौता गरेको थियो । करिब डेढ वर्षपछि बिसिसिआईले खेलाडीसँग सम्झौता नवीकरण गरेको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies