Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

अब सस्तोमा फोन गर्न पाइने, टेलिकमले घटायो महसुल दर

\"\"काठमाडौं, ५ चैत । नेपाल टेलिकमले टेलिफोनको महसुल दर घटाउने भएको छ । वैशाखदेखि लागू हुनेगरी टेलिफोन तथा मोबाइल महसुल दर घटाउने भएको हो । शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेपछि महसुलदर घट्ने भएको हो । पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ । कति सेकेण्डमा कति शुल्क सेवाग्राहीबाट काट्ने भन्ने नै पल्स अवधि हो । पहिलो चरणको पल्स अवधिको गणना नयाँवर्षबाट लागू हुनेछ । दोस्रो चरणको पल्स गणना आगामी कार्तिकबाट सुरु हुनेछ । बैशाखपछि भने यो पल्स अवधि आन्तरिक कलमा १० सेकेण्डमा झर्नेछ भने कार्तिकबाट भने एक सेकेण्डमा झर्नेछ । प्राधिकरणले नयाँ पल्स अवधिलाई कार्यान्वयन गर्न निर्देशन दिँदै पत्रात्रचार गरिसकेको छ । अब सेवा प्रदायकले नयाँ पल्स अवधि राखेर आफ्नो बिलिङ प्रणालीलाई ब्यवस्थापन गर्नेछन् । प्राधिकरणले सबै प्रकारका टेलफोन तथा मोबाइल सेवा प्रदायकको पल्स अवधि घटाएको हो । प्राधिकरणको बोर्ड बैठकले माघ २१ गते पल्स अवधि घटाएर एकरुपता काया गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा पीएसटीएनमा ६० सेकेन्ड, पल्स अवधिक तय गरिएको छ भने मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्ड र देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स तोकिएको छ । दोस्रो चरणमा पीएसटीएनमा ६० सेकेन्डको पल्स कायम राखिने छ भने मोबाइलमार्फत हुने आन्तरिक मोबाइलमा १ सेकेन्ड तथा विदशेमा हुने कलमा १० सेकेन्ड निर्धारण गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE