Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोल्पा, जिल्ला अस्पताल रेउघा रोल्पामा सञ्चालित एकहप्ता लामो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइएनएफद्वारा सञ्चालित निःशुल्क शल्यक्रिया शिविरमा १ हजार १ सय ५१ जनाको स्वास्थ्य जाँच गरिएको छ भने १ सय २९ जनाको अप्रेशन गरिएको आइएनएफका कार्यक्रम संयोजक एकदेव देवकोटाले जानकारी दिए । डा.माउरिस कोंग लिम ली को नेतृत्वमा रहेको उक्त टोलीले साधारण स्वास्थ्य जाँचदेखि अप्रेशनसम्मको सेवा दिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको व्यवस्थापनमा उक्त शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ्य शिविरमा रोल्पा लगायत दाङ, सल्यान, प्यूठान, रुकुमबाट समेत बिरामी आएको रोल्पा अस्पताल प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए । आफूहरुले सोचेभन्दा धेरै सेवाग्राही शिविरमा सहभागी भएकोमा खुशी लागेको चौधरीले बताए । अपेक्षाभन्दा धेरै राम्रो तरिकाले सेवा दिन पाएकोमा चिकित्सकहरुले समेत खुशी व्यक्त गरे । नेपाल तथा नेपालबाहिरबाट आएका २५ जना विशेषज्ञ डाक्टरहरुले चेकजाँच तथा शल्यक्रिया गरेका हुन् । निःशुल्क शल्यक्रिया गर्न पाउँदा सेवाग्राहीहरु निकै खुशी भएका छन् । शिविरमा अधिकांस महिलाहरुले सेवा लिएको बताइएको छ । त्यस्तै, आगामी बैशाख १ गतेबाट निःशुल्क कानको शल्यक्रिया एवम् उपचार हुने भएको छ । आइएनएफकै सहयोगमा शिविर हुने कार्यक्रम संयोजक देवकोटाले बताए । यस संस्थाले रोल्पा लगायत देशका ३६ जिल्लामा यस प्रकारका निःशुल्क स्वास्थ्य शिविर प्रदान गर्दै आएको छ । यस भन्दा ८ वर्ष पहिले रोल्पामा पाठेघर सम्बन्धीको निःशुल्क शल्यक्रिया एवम् उपचार समेत सञ्चालन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies