Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा

\"\"रोल्पा, ४ चैत । गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२÷१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् । बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले जानकारी दिए । गाउँपालिकाको केन्द्र ‘जुगार की त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ । असन्तुष्टको विरोधका बाबजुद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने आजैबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले जानकारी दिए । सुरुमा असामान्य अवस्था जस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने— अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE