Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

इनार सुक्न थालेपछि पानीको हाहाकार

\"\"बर्दिवास, ३ चैत । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ । यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन् । किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताए । पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्षसमेत रहनुभएका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताए । आफ्ना वरपरका इनार धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । ‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भने–, “पोहोर सालमात्र करिब रु चारलाख ऋण लिएर खनाइएको इनार यसपाली चैत लाग्दै सुक्यो, अब के गर्ने होला रु” सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन् । बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउनेसँगै बस्तुभाउलाई ख्वाउनसमेत निक्कै कठिन परेको भङ्गाहाका बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोवासको रामनगर गाउँमा ३० प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका सामाजिक कार्यकत्र्ता हरिदेव साह बताउँछन् । इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका कारण बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगरका किसान भरतराज बरालले बताए । खानेपानी र सिँचाइको समस्या बढेपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरी र भूमिगत नलकुप कार्यालयमा गुनासो गरेपनि केही वास्ता नगरिएको आम गुनासो छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेसँगै जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने खानेपानीको स्रोत सुकेका बस्तीमा तत्कालै खानेपानीको समुचित विकल्पको प्रबन्धका लागि सर्वे सुरु गरिएको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending