Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

यसरी हुनेछ संविधान संशोधन पारित

\"\" काठमाडौं, १ चैत । सरकारले प्रदेशको सीमांकनलाई थाती राखेर संविधान संशोधन पारित गर्ने तयारी गरेको छ । सीमांकनलाई थाती राखेर संशोधन गरौं भनी प्रधानमन्त्री प्रचण्डले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रस्ताव गरेका थिए । ओलीले पार्टीमा छलफल गरेर मात्रै भन्न सक्ने भन्दै यसबारेमा गुपचुप राखेका छन् । संविधान संशोधन गरेर मोर्चालाई मनाउने प्रयास एमालेले विगतमा पनि गरेको र पहिलो संशोधन गरिएको भन्दै एमालेकै कतिपय नेताहरुले सीमांकन छाडेर अन्य विषयमा सहमति गर्न नेतृत्वलाई सुझाएका छन् । ‘राजनीतिक सधैं सरल रेखामा चल्दैन, मासमा एउटा कुरा हुन्छ, भित्र अर्कै कुरा पनि गर्नुपर्छ’, एमालेका एक नेताले भने, ‘सधैं बायस नै हुनुपर्छ भन्ने छैन, सहमतिमा एमाले अघि बढ्छ ।’ सीमांकनलाई छाडेर संशाधन अघि बढाउनेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले डाकेपछि अभियानकैबीचबाट ओली सोमबार काठमाडौं फर्किएर प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । राप्रपा अध्यक्ष कमल थापाले पनि सीमांकन छाडेर संशोधन लैजान प्रधानमन्त्रीलाई सुझाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणअगावै संशोधन पारित गर्ने सरकारको तयारी छ । प्रचण्ड यही चैत १० गते चीन भ्रमणमा जाँदैछन् । संशोधन पारित गराउन प्रधानमन्त्री प्रचण्डले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेसकेन्द्रित दलहरूसँग निरन्तर छलफल गरिरहेका छन् । संशोधन पारित गराउने प्रयासस्वरूप प्रचण्डले राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सामेल गराएका छन् भने मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)लाई पनि महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लैजाने तयारी भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending