Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

डेढ बर्षदेखि बालिका बन्धनमा

\"\"धादिङ, १ चैत । “गए सालको भूकम्प आउँदा घर नजिकैको स्वास्थ्यकेन्द्रमा गएका थियौँँ । ठूलो भुइँचालो आयो, भुइँ हल्लियो । वरिपरिका घर लडे । हतार हतार घर आइपुग्दा आफ्नो घर पनि लडेछ । हामी घर अगाडि त्रिपाल हालेर बस्यौँ । यो नातिनी लडेर घर हेरी बस्ने र आकाशतिर हेरी टोलाउने गर्न थाली ।” सल्यानटार गाविस–७ बोक्सो गाउँकी धनकुमारी कुमाल यति भनिसक्दा गम्भीर देखिए । धनकुमारीकी छ वर्षीया नातिनी वन्दनाको खुट्टामा बाँधेर राख्न थालिएको डेढ वर्षभन्दा बढी भइसक्यो । सल्यानटार गाविस –७ बोक्सो गाउँकी ६ वर्षीया बालिका बन्दना कुमाललाई भूकम्पपछि मानसिक अवस्था ठिक नभएकोले घरमै बाँधेर राखिँदै । भूकम्पपछि वन्दनाको अवस्था ठीक भएन । एकोहोरो हिँड्ने, घरबाट निस्केपछि नफर्कने, जे पायो त्यही खाने । घरमा एक्लै छाडेर हिँड्न नमिल्ने र हराउने लड्ने आदि भएपछि उनलाई घरको पिँढीमा बाँधेर राख्ने गरेको हजुरआमा धनकुमारीले बताइन् । भूकम्पअघि उनी विद्यालय जान्थिन् । बोल्ने गर्थिन् । विद्यालयमा शिक्षकले पढाएको कुरा घरमा आएर पढ्ने बानी थियो । जब भूकम्पपछि वन्दनाको बोली बन्द भयो, कुमाल परिवारमा दुःखका दिन सुरु भए । अहिले उनी भोक लागेको वा दिसापिसाब आएको केही बताउन नसक्ने अवस्थामा छिन् । खाने बेला भयो होला भनेर खुवाउनुपर्छ । दिसापिसाब गरेकोबारे आमाबुबाले थाहा पाएर मात्र बाहिर लाने गर्छन् । लगाएको कपडामै फोहर गर्ने दिनचर्या नै भएको छ । थोरै जग्गाजमिन छ । घरखर्चका लागि परिवारका मानिसलाई ज्यालामजदुरी नगरी हुँदैन । मेलापात गर्नैपर्छ । आफ्नो बच्चाको उपचार गराउँदा गराउँदा लागेको ऋण अब तिर्न नसकिने अवस्था आइसकेको वन्दनाकी आमा कमलाले बताइन् । उनको उपचारका लागि काठमाडौँका अस्पतालमा लगेर उपचार गराउँदा धेरै खर्च भइसकेको र उपचारका लागि अब आफूले नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ । भूकम्पपछि बनाइएको एउटा सानो कच्ची घर छ । अन्नपात सकिएको अवस्था छ । दुई चारवटा भाँडा छन् । पुरानो भइसकेका कपडाबाहेक उनीहरुसँग केही छैन । ज्याला मजदुरी गर्न जाँदा वा घर छाडेर हिँड्नु पर्दा वन्दनालाई बाँधेर राख्ने गरिएकाले कुनै उपाय भए उपचारका लागि सहयोग गरिदिनुहुन वन्दनाकी आमा कमलाले अनुरोध गरेकी छिन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE