म्याग्दी, म्याग्दीका ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले सबै घरधुरीलाई आबद्ध गराउने अभियान चलाएका छन् । महिलाको सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न गाविसमा सञ्चालित महिला सहकारीले गाविसभित्रका शतप्रतिशत घरधुरीलाई सहकारीमा आबद्ध गराउन लागेका हुन् । महिला तथा बालबालिका कार्यालयले प्रवद्र्धन गरेका तथा प्लान नेपाल र सहमति संस्थाको साझेदारीमा सञ्चालित परियोजनाको सहयोगमा स्थापना भएका महिला सहकारीले सबै घरधुरीलाई समेट्न थालेपछि सहकारीको कारोबारसमेत बढेको छ । हालसम्म जिल्लामा आठ गाविसमा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी आबद्ध गराइसकेका छन् । त्यसमध्ये कुइनेमङ्गले, दग्नाम, झिँ र कुहुँलाई शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको गाविस घोषणा गरिएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीले जानकारी दिए । उनका अनुसार निस्कोट, लुलाङ, चिमखोला र बेगखोलामा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गराइसकेकाले औपचारिकरुपमा घोषणा गर्ने तयारी भइरहेको छ । कुइनेमङ्गले गाविसमा रहेका २३१, दग्नामका २३५, झिँका २९९ र कुहुँका ७३६ घरधुरी स्थानीयस्तरमा सञ्चालित महिला सहकारीमा आबद्ध भएका छन् । महिला सहकारीको क्षमता तथा संस्थागत विकासका लागि महिला तथा बालबालिका कार्यालयसँगै गैरसरकारी संस्थाले समेत सहकारी लक्षित कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सहमति र प्लान नेपालको साझेदारीमा जिल्लामा सञ्चालित बालिका शक्ति परियोजना र सामाजिक समावेशीकरण तथा विभेदरहित परियोजनाअन्तर्गत स्वावलम्बी महिला समूह तथा सहकारी प्रवद्र्धन कार्यक्रममार्फत बेनी नगरपालिकाअन्तर्गतका १० वडा र २२ गाविसमा रहेका महिला सहकारीलाई सहयोग गर्दै आएको जनाएको छ । परियोजना सञ्चालन भएका गाविसमा महिला स्वावलम्बी समूह गठन, व्यवस्थापन र सहकारी शिक्षासम्बन्धी तालिम, सहकारी दर्ता, फर्निचर तथा स्टेसनरी सहयोगसँगै सहकारीका व्यवस्थापक र सहजकर्ताका लागि तलबस्वरुप प्रशासनिक खर्चसमेत सहयोग गर्दै आएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक सुवेदीले बताए । \'सत्ताइस वटा महिला सहकारीमा हालसम्म, ११ हजार ३३७ घरधुरी आबद्ध भइसकेका छन्, घरधुरी आबद्ध हुने क्रम बढेसँगै सहकारीको कारोबारसमेत बढेको छ\', सहमतिका जिल्ला कार्यक्रम संयोजक सुवेदीले भने । उनका अनुसार, महिला सहकारीले रु नौ करोडभन्दा बढीको कारोबार गरिसकेका छन् भने ५०३ वटा स्वावलम्बी महिला समूह क्रियाशील छन् । सहकारीमा आबद्ध हुने घरधुरीले रु १०० देखि ५० हजारसम्म सेयर हालेका छन् । सहकारीमा आबद्ध भएपछि ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकामा बचत गर्ने बानीको विकास हुनुका साथै सहकारीबाट ऋण लिएर उद्यमशीलतातर्फ लाग्न थालेको कुहुँमा रहेको प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णामायाँ शेरपुञ्जाको भनाइ छ । सहकारीबाट स्थानीयस्तरमा कुखुरापालन, तरकारीखेती, बुनाइजस्ता उद्यमशीलताको क्षेत्रमा लगानी हुने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: