Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

यसकारण लोहनीले राप्रपा परित्याग गरे (पत्रसहित)

\"\" काठमाडौं, २९ फागुन । राप्रपा परित्याग गरेका प्रकाशचन्द्र लोहनीले पार्टी कुनै एक ब्यक्तिको घरायसी अड्डा हुन नसक्ने बताएका छन् । आफ्ना ११ बुँदे असन्तुष्टिसहित राप्रपा अध्यक्ष कमल थापालाई बुझाएको पत्रमा लोहनीले पार्टीभित्र देखिएको अवसरवादी र अराजक प्रवृत्तिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गइरहेको उल्लेख गरेका छन् । पार्टीभित्र एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक तथा अन्य स्वार्थपूर्तिको ओजार मात्र बनाउने प्रवृत्ति हावी भएको उनको आरोप छ । एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य भए पनि निर्देशन समिति नै गठन नगर्नुका साथै पदाधिकारी चयन र मन्त्रीमण्डलमा जाने औचित्यबारे पनि कुनै छलफल नगरिएको लोहनीको आरोप छ । यस्तै, पार्टी एकीकरण अगाडि नै नयाँ पार्टीको झण्ड राप्रपा (नेपाल)का हुने र चुनाव चिन्ह हलो हुने समझदारी भए पनि उक्त प्रतिवद्धतालाई ठाडै लत्याइएको उनले बताएका छन् । सरकारले पेश गरेको संविधान संशोधन विधेयकमा पार्टीभित्र भारी सन्ताष रहेको र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरिएको भए पनि अचानक पार्टीमा छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनेको लोहनीले कुण्ठा ब्यक्त गरेका छन् । मधेसीहरुको योगदान र बलिदानीको चर्चा गर्दै लोहनीले मधेसी दलहरुले आफ्नो मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण रहेको लोहनीले बताएका छन् । ‘आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रीय समिति तुरुन्त बोलाइ पार्टीमा ब्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाइ सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुनु अवसरवादी चरित्र हो ।’ लोहनीले त्यागपत्रमा लेखेका छन् । ‘भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदारवाद, हिन्दु पहिचान र संसदद्वारा अनुमोदित राजसंस्थाप्रति प्रतिवद्ध रहेर देश र जनताको हकहित, अधिकार र स्वाभिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु ।’ उनले भनेका छन् । हेर्नुहोस्ः लोहनीको पत्र \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies