Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

विप्लवका कार्यकर्ताले प्रहरीले सुरक्षा दिएको साझा बसमै आगो लगाइदिए

\"\" काठमाडौं, २८ फागु्न । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द अवज्ञा गरी प्रहरी राखेर सञ्चालित साझा बसमा आगजनी भएको छ । काठमाडौंको बालाजु बाइपासमा बा ४ ख ५६४८ नम्बरको बसमा आगजनी गरिएको हो । एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने साझा बस बाइपासमा रोकिराखेको अवस्थामा एक समुहले पेट्रोल छर्किएर आगो लगाएको सो समितिले जनाएको छ । आगलागीबाट बसको भित्रीभाग जलेर नष्ट भएको छ । प्रहरीले नै सुरक्षा दिएर सञ्चालन गरिएको साझा बसमा कसले आगो लगाएको नखुलेको समितिको भनाइ छ । बसका स्टाफ र सुरक्षा दिइरहेका दुई जना सुरक्षाकर्मी समेत खाना खान गएको अवस्था पारेर बसमा आगजनी गरिएको बताइएको छ । त्यसबेला बसमा केही यात्रु बसेको भए पनि उनीहरु भने ओर्लिन भ्याएका थिए । चन्द नेतृत्वको नेकपाले बन्दको आह्वान गरेकाले बसमा उनीहरुले नै आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । बसमा लागेको आगो स्थानीय र साे बसमै सुरक्षार्थ खटिएका प्रहरीको सहयोगमा निभाइएको छ । विप्लवले गरेको बन्दमा हरेर साझा बसमा दुर्इ प्रहरीलार्इ अगाडि राखेर सञ्चालन गरिँदै अाएकाे छ । विगतका बन्दमा बन्दकाे अवज्ञा गरेको भन्दै जुनसुकै गाडीमा पनि अागो झोस्ने विप्लवका कार्यकर्ताले शनिबार भारतीय गाडी र सरकारी गाडीलार्इ लक्षित अाक्रमण गरेका छन् । उनीहरूले शनिबार विहानै गोंगबुमा एक भारतीय गाडी ताेडफोड गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE