Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

मन्त्री थापालाई चक्मा देखाइदिए पाण्डेले

\"\"काठमाडौं, २८ फागुन । शुक्रबारदेखि ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तह पुनर्संरचनाको परिमार्जित प्रतिवेदन राजपत्रमा प्रकाशित भएसँगै ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा आएको हो । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले ७१९ स्थानीय तह हुने गरी प्रतिवेदन बुझाएको थियो । आयोगको उक्त प्रस्तावप्रति मधेसवादी दल मात्र होइन, ठूला दलहरु पनि सहमत थिएनन् । मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन परिमार्जन गर्ने अधिकार तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वको तीन सदस्य कार्यदललाई दिइएको थियो । पाण्डे नेतृत्वको कार्यदलले ७ सय ४४ स्थानीय तह रहने प्र्रस्तावसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझायो । मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि सो रातारात निर्वाचन आयोगलाई बुझाइयो । निर्वाचन आयोगलाई प्रतिवेदन बुझाए पनि राजपत्रमा प्रकाशित भइसकेको थिएन । राजपत्रमा प्रकाशित गर्ने तयारी गरिरहँदा पाण्डेको मन्त्री पद धरापमा परिसकेको थियो । आफ्नो मन्त्री पद धरापमा परेपछि पाण्डेले स्थानीय तह पुनर्संरचना सम्बन्धि कामको जस आफैले लिने योजना बनाए । आफ्नो अथक प्रयत्नले तयार गरेको स्थानीय पुनर्संरचना प्रतिवेदन नै ‘कोमा’ पुग्ने डर पाण्डेलाई थियो । संघीयता नै अस्वीकार गर्ने राप्रपा अध्यक्ष कमल थापाको हातबाट प्रतिवेदन उल्टिने सम्भावना पनि उत्तिकै थियो । विहीबार बेलुका थापा स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएपछि पाण्डेले आफूले तयार गरेको प्रतिवेदन रातारात राजपत्रमा प्रकाशित गरिदिए । राजपत्रमा प्रकाशित गरिएपछि प्रतिवेदन उल्ट्याउनै नसक्ने भएकाले पाण्डेले प्रतिवेदन रातारात राजपत्रमा प्रकाशित गरी नवनियुक्त मन्त्री थापालाई जिल्याउँदै मन्त्रीबाट बाहिरिए । पुरानै संरचनालाई वैज्ञानिक संरचना ठान्ने थापाले भने मन्त्रि पदको सपथ लिएको भोलिपल्ट पाण्डेले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै आफू संघीयतामा र स्थानीय पुनर्संरचनामा प्रतिवद्ध रहेको घोषणा गर्न बाध्य भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending