Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डले भने– युरोपियनहरू सहमतिको संविधान चाहन्छन्

काठमाडाैं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ युरोपियन समुदाय सहमतिकै आधारमा संविधान निर्माणको पक्षमा रहेको बताएका छन् । यूरोपियन संसदको प्रतिनधिमण्डलसँ अहिले बिहान आफ्नै निवासमा भेट गर्दै प्रचण्ड उनीहरु बहुमतीय  नभई सहमतिका आधरमा संविधान निर्माणको पक्षमा रहेको बताएका हुन् । ‘संविधान निर्माणमा समया कहाँ हो भन्नेमा विषयमा छलफल भयो, मैलें हिजोका सहमतिका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्ने भए पनि कांग्रेस एमाले पुराना ढर्रामा अघि बढ्न खोज्दा समस्या आयो’ भेटपछि प्रचण्डले भने, ‘बहुमतबाट होइन सहमतीय आधारमा संविधान बनाउने विषयललाई उहाँहरुले पनि ठीक हो भन्नुभएको छ ।’ युरोपको विभिन्न देशको दक्षिण एसिया हेर्ने टोलीले चार दिनसम्म नेपालको राजनीतिक घटनाक्रमबारे राजनीतिक भेटघाट गर्नेछ बेलायती ग्रीन पार्टीकी सांसद जीन ल्याम्बर्टको अध्यक्षतामा दुई दिन अघि नेपाल आएको प्रतिनिधिमण्डलमा क्रिस्टियन ड्यान प्रेडा, अफजल खान, थोमस म्यान सदस्य छन् एमाओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी शिव खकुरेलले युरोपियन संसदको प्रतिनिधिमण्डसँग संविधान निर्माणसहितका समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिए । नेपाल भ्रमणमा क्रममा प्रतिनिधिमण्डलले राष्ट्रपति डा. रामवरण यादवदेखि राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधिसँग पनि भेटघाट गर्नेछ । प्रचण्डले भेटका जलवायु परिवर्तनका कारण ‘ग्लेसियर’ पग्लँदा दक्षिण एसिया र सिंगो विश्वलाई असर पुर्याउने विषयमा आफूले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएको बताए । साथै, नेपालको जलविद्युत, पर्यटनले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँने भन्दै लगानीको वातावरणको विषयमा कुराकानी भएको पनि बताए । पत्रकारलाई प्रतिक्रिया दिंदै प्रचण्डले संवाद र सहमतिकै आधारमा अघि बढ्न तयार रहेको बताए । ‘नेपाली जनता, उद्योगी व्यावसायी सबैको चाहनालाई लिएर आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरेका हौं’ प्रचण्डले भने, ‘संविधानसभा बैठक सरेपछि हामीले हड्ताल गर्दा राम्रो प्रभावकारी र राम्रो नेदेखिने भएर हो । यही बीचमा वार्ता भई सहमति होस् भन्ने पक्षमा हामी छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies