Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कन्चनपुरमा भारतीय सुरक्षाबल एसएसबीसँग झडप : गोली लागि एक नेपालीको मृत्यु

\"\"कञ्चनपुर,  २६ फागुन  । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र पुनर्बासको आनन्द बजारमा भारतीय सुरक्षा बलले गोली चलाउँदा एकको मृत्यु भएको छ । बिहिबार बिहान कल्भर्ट निर्माणको विषयलाई लिएर भारती सीमा सुरक्षा बलका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागेर आधा दर्जन नेपाली घाइते भएका छन् । माओवादी केन्द्रकी नेतृ बिना मगरले दिएको जानकारी अनुसार, भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको हो । भारतीय प्रहरीहरुले नेपाली सुरक्षाकर्मीमाथि समेत निर्घात कुटपीट गरेका छन् । नेपालतर्फ १५, २० जना सुरक्षाकर्मी मात्रै रहेकोले सीमा सुरक्षाबलले आतंक मच्चाएको बीनाले बताइन । “भारतीय सीमा सुरक्षाबलले जघन्य अपराध नै गरेका छन् । हिजोदेखि नै हामीले स्थानीय प्रशासनलाई यसको जानकारी गराएका हौं, तर बल्ल कन्चनपुरबाट थप फोर्स पठाएको खबर पायौं । यता भारतीय प्रहरीले जनतामाथि गोली चलाइरहेको छ” उनले बताईन । नेतृ बीनाले घाइते प्रहरी र सर्वसाधारणको तत्काल उपचारको व्यवस्था गर्न र नेपाली भूमिको रक्षाका लागि गोली थापेर मृत्यु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न सरकारसमक्ष माग गरेकी छिन् । \"\"आनन्द बजार क्षेत्रमा रहेको कल्भर्ट निर्माणका विषयमा लामो समयदेखि विवाद हुँदै आएकोमा भारतीय सीमा सुरक्षा बलले नेपाल प्रवेश गरी धम्क्याउन थालेपछि अवस्था तनावग्रस्त बन्न पुगेको हो । बुधबारका दिन भारतीय सीमा सुरक्षा बलले नेपाल प्रवेश गरी कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारी, स्थानीय पत्रकारदेखि सर्वसाधारणलाई गाली गलौज गरेका थिए । भारतीय सुरक्षा बलले यसअघि पनि यसरी धम्क्याएपछि दुबै पक्षका सुरक्षा निकाय र प्रशासनबीच अस्थायीरुपमा कल्भर्ट बनाउने सहमति भएपनि अहिले सीमा सुरक्षा बलले नेपालीमाथि ज्यादती गरेको जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनालले  बताए । यो विषयमा यसअघि दुबै पक्षबीच जिल्ला प्रशासन कन्चनपुरको पहलमा सहमति भएपनि बुधबार साँझ ८ बजेतिर भारतीय सीमा सुरक्षा बल हतियार सहित नेपाल प्रवेश गरी कल्भर्ट किन बनाएको भन्दै धम्क्याउन थालेका थिए । “अनौपचारिकरुपमा गोली चलेको र नेपाली घाइते भएको छ भन्ने कुरा आएको छ” प्रजिअ खनालले भने, “औपचारिकरुपमा पुष्टि गर्न भने सकिन्न, अहिले सशस्त्रका एसपीदेखि अन्य टिम त्यतातर्फ मुभ भइसकेका छन् ।” नेपाली भूमिमा रहेको आनन्द बजार क्षेत्रमा कल्भर्ट निर्माणका विषयमा लामो समयदेखि विवाद कायम रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending