Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

स्थगित एमाले अभियान फेरि शुरु गर्ने, सवारी साधनसहित उत्रिन निर्देशन (विज्ञप्तिसहित)

\"\"काठमाडौं, २५ फागुन । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकले तीन दिनका लागि स्थगित गरिएको मेची–महाकाली राष्ट्रिय अभियान शुरु गर्ने निर्णय गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले फागुन २७ गते हेटौंडाबाट अभियान सुरु निर्णय गरेको हो । सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ । त्यस्तै राजविराजमा एमालेले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन बिहिवार (भोलि) दिउँसो २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भेलामा अनिवार्य सहभागी हुन काठमाडौ“ उपत्यकास्थित एमले सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यहरुलाई निर्देशन समेत दिएको उल्लेख छ । प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिने जनाएको छ । उक्त कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वसँग परामर्श गरी तय गरिने उल्लेख छ । मधेसी माेर्चाका कार्यकर्ताहरूले एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको विज्ञप्तिमा भनिएको छ । एमाले नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएको उल्लेख छ । यस्तो अबिलम्ब रोक्न चेतावनी दिएको छ । त्यस्तै एमाले नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन एमलेले सरकारसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) केन्द्रीय प्रचार विभाग धुम्बाराही, काठमाडौं पत्र संख्या ....... २५ फागुन २०७३ प्रेस विज्ञप्ति नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले निम्नानुसार निर्णय गरेको छः १. सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको हाम्रो पार्टीद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुनेछ । यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बा“की सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ । २. राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि फागुन २६ गते २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिएको छ । उक्त भेलामा अनिवार्य सहभागी हुन काठमाडौ“ उपत्यकास्थित पार्टी सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यहरुलाई निर्देशन दिइएको छ । ३. राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरिएको छ । आमसभाको मिति तय गरी कार्यक्रम गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ । ४. प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिनेछन् । ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वस“ग परामर्श गरी तय गरिनेछ । ५. मधेसका विभिन्न जिल्लामा नेकपा (एमाले) का पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, नेकपा (एमाले) का नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन् । हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ । साथै, हाम्रा नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारस“ग माग गर्दछ । योगेश भट्टराई प्रमुख
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE