Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

यसकारण सप्तरी प्रशासनमाथि छानविन गर

\"\"काठमाडाैं , २४ फागुन । सोमबार बेलुकी सप्तरीमा अप्रिय घटना घट्यो । नेकपा एमालेको मेची महाकाली अभियानको बिरोधमा उत्रिएका स्थानीय जनता र प्रहरीबीच झडप हुँदा गोली चलाइएपछि चार जनाको मृत्यु भयो । घटनामा दर्जनौं घाइते भए । कतिपय घाइतेहरु गम्भीर अवस्थामा रहेका छन् । झडप हुनसक्छ र सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि भएको यो घटनाबाट सप्तरीमा सुरक्षा व्यवस्था राम्रो रहेको र स्थिति नियन्त्रणमा रहेको भन्ने स्थानीय प्रशासनको दावी झूठो साबित भएको छ । सप्तरीको राजबिराजमा नेकपा एमालेले गर्ने भनिएको सभाको बिरोधमा सप्तरी बन्दको घोषणा गरिएको थियो । उता नेकपा एमालेले भने जसरी पनि सप्तरीमा कार्यक्रम गरी छाड्ने अड्डी कसेको थियो । एमालेले इनरुवामा सभा गरिरहेकै बेला यता सप्तरीमा भने स्थानीय जनता र एमाले समर्थकबीच झडप भइरहेको समाचार सार्वजनिक भइरहेका थिए । इनरुवामा कार्यक्रम चलिरहेको बेला डेढ दर्जन जनता गिरफ्तार भएका थिए । त्यही बेला जिल्ला प्रमुख अधिकारीले भने स्थिति शान्तिपूर्ण रहेको प्रतिक्रिया दिएका थिए । एमाले सभास्थल नजिक प्रेसर कुकुर बम भेटिँदा समेत स्थिति शान्तिपूर्ण रहेको भनिरहेको स्थानीय प्रशासनले अन्ततः भीडन्त रोक्न सकेन र चार जनाको मृत्यु हुने दुखद घटना घट्न पुग्यो । नेपालमा प्रहरीमाथि ढुंगामुढा हुनु, आन्दोलन अराजक हुनु, आन्दोलन हिंस्रक हुनु नौलो कुरा होइन । यसअघि पनि ५ नम्बर प्रदेशसम्बन्धी विवादका क्रममा पश्चिमाञ्चलका जिल्लाहरुमा चर्को प्रदर्शन भयो । तर कुनै पनि यस्ता आन्दोलनमा प्रहरीले प्रदर्शनकारीको टाउकोलाई निशाना बनाएन । तर सप्तरी या मधेसको आन्दोलनमा जहिल्यै पनि प्रहरीले जनताको टाउकोलाई मात्रै निशाना बनाएको देखिन्छ । न त प्रहरीमा त्यो संयमता देखिन्छ । यदि प्रहरीले सप्तरीमा अलिकति संवेदनशीलता अपनाएको भए हिजोको दुखद घटना घटने थिएन । एकातिर प्रजिअले स्थिति शान्तिपूर्ण छ भन्दै आउनु अर्कोतर्फ प्रहरीले टाउको नै ताकेर गोली चलाउनुले कतै घटना नियोजित त थिएन भन्ने प्रश्न समेत उठेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी यसअघि गोरखामा छँदा समेत विवादमा परेका थिए । माओवादी केन्द्रका नेताहरुसँग विवाद भएपछि उनलाई गोरखाबाट सप्तरी सरुवा गरिएको थियो । अहिले सप्तरीमा गोली चलाउनुपर्ने अवस्थ नहुँदा पनि र केन्द्रबाट गोली चलाउने आदेश नदिएको अवस्थामा पनि गोली चल्नु, आन्दोलनकारीलाई नियन्त्रणमा लिने अन्य कैयन् साधन र तरिका हुँदाहुँदै पनि गोली चल्नु, गोली चलेर पनि त्यो टाउकोमा नै लाग्नु, एमालेले हामी जसरी पनि सप्तरी गएरै छाड्छौं भनेर अड्डी कस्नु, स्थानीय प्रशासनले झडप र बम भेटिँदा पनि स्थिति शान्तिपूर्ण भनेर प्रचार गरिरहनु जस्ता घटनाहरु संयोग पक्कै पनि मान्न सकिन्न । यसले सप्तरी घटना नियोजित थियो भन्ने प्रशस्त आधारहरु देखिन्छन् । यसले सप्तरी घटना संविधानको कार्यान्वयन हुन नदिन, स्थानीय चुनाव बिथोल्न र सरकार ढाल्न रचिएको प्रपञ्च हो भन्ने कुरा समेत पुष्टि हुन जान्छ । त्यसैले सप्तरी घटनाको निष्पक्ष छानबीनका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिनुपर्दछ । अवस्था नियन्त्रणमा लिन नसक्ने प्रमुख जिल्ला अधिकारीलाई केन्द्रमा बोलाएर के कति कारणले घटना भयो, प्रहरीले किन टाउको नै ताक्नुपर्यो ? स्थानीय प्रशासनले किन अवस्था नियन्त्रणमा लिन सकेन र के कति कारणले मधेसका जनता एमालेको आमसभा बिथोल्ने मनस्थितिमा पुगे, कसले यो अवस्था सिर्जना गर्न के कस्तो भूमिका खेल्यो भन्ने विषयमा छानबीन हुनु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE