Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मधेस पुगेर ओलीले भने– मधेसीहरुको भ्रम तोड्न राष्ट्रिय अभियान चलायौं

\"\"मोरङ, २२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भ्रमको खेती सकिन्छ भनेर मधेसीहरुले आफूहरुलाई अवरोध गर्न खोजेको आरोप लगाएका छन् । मेची–महाकाली अभियान अन्तर्गत आइतबार मोरङको विराटचोकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न नसक्ने चेतावनी दिए । उनले आफूहरु चुनाव प्रचार अभियान नभई मधेसीहरुको भ्रम तोड्न राष्ट्रिय अभियान चलाएको बताए । ओलीले स्थानीय निर्वाचन नेकपा (एमाले) को मात्र माग नभएर सिंगो राष्ट्र र नेपाली जनताको माग भएको उल्लेख गरे । उनले अहिलेको संविधान नेपाली जनताले आफ्ना लागि आफैँ बनाएको भन्दै अरु कसैले चिन्ता गर्नुनपर्ने बताए ।  उनले एमाले सत्ताका लागि आफ्ना मान्यताहरुलाई तिलाञ्जली दिने पार्टी नभएकोसमेत जिकिर गरे । कार्यक्रममा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले ५ वर्ष ८ महिना लगाएर संविधान बनाउँदा पपनि रातारात बनाइएको, सबैको सहभागिता नभएको भन्ने जस्ता गलत प्रचार गरिएको भन्दै तथ्यांकमा हेर्न आग्रह गरे । ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारु, दलितको ठूलो हिस्साले समर्थन गरेकाले यसलाई केही सीमित मानिसले पूर्वाग्रहपूर्ण रुपमा गलत प्रचार गरेको बताए । यस्तै, स्थायी समिति सदस्य सुवास नेम्वाङले नेकपा (एमाले) लाई मधेस र जनजाति विरोधी भनेर जति चर्को प्रचार गर्न खोजिए पनि त्यो तथ्यमा आधारित नभएको बताए । ‘हामीलाई मधेस र जनजाति बहुल क्षेत्रका जनताले सधैँ माया गरिरहेका छन् । ती ठाउँबाट हाम्रो पार्टी विजयी हुँदै आएको छ’, नेम्वाङले भने, ‘बरु, मधेसमा आफूलाई मधेसवादी भन्ने र जनजाति बहुल ्क्षेत्रमा जनजातिवादी भन्नेहरु नै पराजित भएका छन् ।’ उनले भारतमा ६५ प्रतिशत र अमेरिकामा ५२ प्रतिशत मतबाट संविधान बनेको उदाहरण दिए । गत वर्ष भारतमा पटेल र जाटहरुले ५० औँ लाखका जुलुस निकाल्दा र दिल्ली जाने पानीका मुहान थुनिँदा आफूहरु नबोलेको उदाहरण दिँदै नेपालको आन्तरिक मामिलामा भारतले पनि बोल्न उपयुक्त नुहने उनले बताए । उता, सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिका लागि संविधान कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै सबैबीच एकताको आवश्यकता भएकोमा जोड दिए । तराई समस्या अध्ययन कार्यदल, मदरसा अध्ययन कार्यदल निर्माणदेखि मधेसमा दोस्रो अन्तर्राष्यिय विमानस्थल, हुलाकी राजमार्गलाई गति, तराई जोड्ने द्रूत मार्ग निर्माण, मधेसका सदरमुकामलाई विशेष बजेट, बाटो विस्तार, सिचाइँ आयोजना जस्ता काम आफूहरुले गरेको नेता नेपालले दाबी गरे । चुनावका लागि खुट्टा नकमान पनि उनले सत्तारुढ दललाई आग्रह गरे । उर्लाबारीमा आयोजित सभालाई एमाले सचिव प्रदीप ज्ञवाली, पथरीमा आयोजित सभालाई स्थायी समिति सदस्य शंकर पोखरेल र बेलबारीमा आयोजित सभालाई पोलिट्ब्युरो सदस्य भानुभक्त ढकालले सम्बोधन गरेका थिए । मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार मोरङ र सुनसरीमा सभा गरिएको थियो । शनिवार झापाबाट उद्घाटन गरिएको अभियान अन्तर्गत मंगलबार फागुन २३ गते सुनसरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम आयोजना हुने केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजालले बताए । मधेसवादी दलहरुको अवरोधका कारण मंगलबार हुने भनिएको पूर्व निर्धारित स्थान भने परिवर्तन गरी एमालेले अन्यत्र ठाउँमा सभा गर्दैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending