Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अबको आवश्यकताः उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन

बि.सं. २०५२ सालमा स्थापना भएको मुलुकको दोश्रो ठूलो र पूर्वाञ्चल क्षेत्रको महत्वपूर्ण विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा विश्वविद्यालयद्धारा सञ्चालित विभिन्न कार्यक्रममा तह पार गरी दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । दीक्षित विद्यार्थी भाइबहिनीहरुलाई राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्न विशेष आग्रह गर्दछु । [caption id=\"attachment_61955\" align=\"alignleft\" width=\"203\"]\"\" पुष्पकमल दाहाल \'प्रचण्ड\'[/caption] प्रतिस्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धावाट शैक्षिक संरचनाको विकास एवं विभिन्न शैक्षिक विधामा अध्ययन, अध्यापन र अनुसन्धानका लागि जनस्तरबाट उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालन गर्ने उद्देश्यअनुरुप नेपाल सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुरा हामी सबैलाई विदितै छ । स्थापना कालदेखि हालसम्म यस विश्वविद्यालयबाट झण्डै ८८ हजार विद्यार्थीहरुले स्नातक एवं स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययन सम्पन्न गरिसकेका, यो मुलुकको दोश्रो ठूलो विश्वविद्यालयको रुपमा स्थापित भएको, तुलनात्मक रुपमा न्यून शुल्कमा नयाँ नयाँ विषयमा प्रविधियुक्त शिक्षा प्रदान गर्दै आइरहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसका साथै विश्वविद्यालयले ७० भन्दा बढी शैक्षिक कार्यक्रम, ५ वटा आङ्गिक क्याम्पस र १०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको र पछिल्लो समय कृषि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि कृषि विषयमा स्नातक तहका कक्षाहरु सञ्चालन गरेको थप खुशीको महशुस भएको छ । आज नेपालका उच्च शिक्षाको क्षेत्रमा चारैतिर समस्याहरु छन् । बन्द हडतालले विश्वविद्यालयहरु प्रभावित छन् । त्यसो त त्यसै पनि विश्वविद्यालय जस्तो ठूलो संस्था सहज रुपमा सञ्चालन गर्नु कम चुनौतिपूर्ण विषय होइन । यस विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक उन्नयनका सन्दर्भमा पनि यसका आफ्नै किसिमको चुनौतीहरु विद्यमान रहेको विषयप्रति म जानकार छु । खासगरी नेपाल सरकारले प्रदान गरेको गोठगाउँ परिसरको ८०५ बिघाको परिसरलाई प्राज्ञिक थलोको रुपमा गुरुयोजना अनुरुपको पूर्वाधार विकास तथा मेडिकल कलेजको स्थापनामा ठूलो साधन स्रोतको जुटाउनु यस विश्वविद्यालयको प्रमुख चुनौती हो भन्ने मलाइ लाग्दछ । यसका साथै जनस्तरवाट सञ्चालित विश्वविद्यालय भएकोले अन्य विश्वविद्यालयको तुलनामा यस विश्वविद्यालयलाई नेपाल सरकारबाट प्राप्त हुने बजेटमा रहेको सीमितता, आफ्नै अस्पताल, डाक्टर र नर्सहरु रहेको तर शिक्षण अस्पतालको स्थापना एवं दक्ष विशेषज्ञहरुको नियुक्ति गर्न स्रोत साधनको अभावजस्ता समस्याहरु समेत रहेको छ । विश्वविद्यालयका यी चुनौती र समस्याहरुलाई अवसरमा बदल्दै मुलुकको आवश्यकता अनुरुप गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयको व्यवस्थापन अगाडि बढ्नेछ भन्ने मेरो विश्वास छ । यस कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने म विश्वास दिलाउन चाहन्छु ।
नेपाल सरकारले प्रदान गरेको गोठगाउँ परिसरको ८०५ बिघाको परिसरलाई प्राज्ञिक थलोको रुपमा गुरुयोजना अनुरुपको पूर्वाधार विकास तथा मेडिकल कलेजको स्थापनामा ठूलो साधन स्रोतको जुटाउनु यस विश्वविद्यालयको प्रमुख चुनौती हो 
मुलुकको बर्तमान परिस्थितिप्रति यहाँहरु सबै जानकार छौं । नेपाली जनताको लामो समयदेखिको सङ्घर्षको परिणामस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई हाल त्यसको कार्यान्वयनको चरणमा रहेका छौं । संविधान जारी भएपश्चात् यसप्रति असन्तुष्ट मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका जायज माग सम्बोधन गरी संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा टेबुल गरिसकेको छ भने संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचनको घोषणा गरी निर्वाचनतर्फ मुलुक अगाडि बढिसकेको छ । हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पु¥याई जनताको दैलोमा सेवा र विकासको सन्दर्भमा स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित हुने मेरो विश्वास छ । मुलुक निर्वाचनतर्फ होमिइसकेको वर्तमान अवस्थामा मैले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छु । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेअनुरुप बर्तमान सरकारले प्रतिस्पर्धी लाभको महत्वपूर्ण स्रोतको रुपमा रहेको जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको छ । गुणस्तरीय जनशक्ति बिना संविधानले परिकल्पना गरेको समृद्ध नेपालको सपना व्यवहारमा उतार्न नसक्ने यथार्थताप्रति ध्यान केन्द्रित गरेर नै यसलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका अतिरिक्त बर्तमान सरकारले संविधानमा व्यवस्था गरिएका प्रदेशहरुमा उच्च प्राविधिक र रोजगारमुखी शिक्षालाई समेत प्राथमिकतामा राखेको छ कि मुलुकको हालको जनसंख्या हेर्दा हामी पपुलेशन वोनसको यूनिक अवस्था अर्थात् आर्थिक रुपमा क्रियाशील जनसंख्या लगभग ६० प्रतिशतको हाराहारीमा रहेको छ । यस्तो अवसर कुनै पनि मुलुकका लागि बिरलै प्राप्त हुन्छ । यो जनसंख्याको रोजगारमुखी उच्च शिक्षामा पहुँच स्थापित गराई मुलुकको आर्थिक सम्वृद्धिमा लगाउनु अहिलेको प्रमुख आवश्यकता हो ।
हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पु¥याई जनताको दैलोमा सेवा र विकासको सन्दर्भमा स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित हुने मेरो विश्वास छ । मुलुक निर्वाचनतर्फ होमिइसकेको वर्तमान अवस्थामा मैले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।
उच्च शिक्षा हासिल गरेर दीक्षित विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान हासिल गरिसक्नु भयो । हासिल गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने बेला आएको छ । ज्ञान एकाङ्की हुदैन, त्यो सार्वभौम हुन्छ । त्यसैले जाति, लिङ्ग, भाषा, धर्म भन्दामाथि उठेर निराकार भई पाएको ज्ञानलाई राष्ट्र सेवामा लगाउनुहोस् । अहिले मुलुक भूकम्प पश्चातको पूननिर्माणको महत्वपूर्ण चरणमा छ । तपाईहरुले हासिल गर्नुभएको गरेको प्रविधियुक्त ज्ञानको प्रयोग पुनर्निर्माण र राष्ट्रको आर्थिक सम्वृद्धिका लागि लगाउनुहोस् । मुलुकभित्र उपलब्ध साधन स्रोत, जलसम्पदा आदिको समुचित प्रयोग गरी राष्ट्र निर्माणमा लगाउनुहोस् । विद्याले विनय, सदाचार, सद्भाव र समन्वय सिकाउँछ । त्यसैले समाजसेवी, राष्ट्रसेवी बन्नुहोस्, जुन संस्थाबाट ज्ञान हासिल गर्नुभयो त्यसको नाम उच्च बनाउनुहोस् । यो तपाईको सत्कर्मबाट मात्र हुन सक्छ । म तपाईहरुको उच्च र उन्नत भविष्यको कामना गर्दछु । अबको आवश्यकता भनेको राष्ट्रिय हित र उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन गर्नु हो । शिक्षालाई गुणस्तरीय र आत्मनिर्भरतामार्फत् जनताको जीवनस्तर बदल्ने उद्देश्यमा केन्द्रित गर्न जरुरी छ । विश्वविद्यालयका आगामी दिनका क्रियाकलाप त्यस दिशामा केन्द्रित हुने र दीक्षित विद्यार्थी भाइबहिनीहरुले पनि आफ्नो ज्ञान, सीप र दक्षतालाई राष्ट्रको सेवाका लागि खर्च गर्नुहुनेछ भन्ने मेरो पूरापूर विश्वास छ । (पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा गरिएको सम्बोधन )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending