Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सत्ता गठबन्धन फेरिने कुरा हल्लामात्रै हो–प्रचण्ड

\"\"काठमाडौं, २२  फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । तयारी गरेरै निर्वाचनकाे घाेषणा न्यूनतम् आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो । ऐनहरु बनेका छन्, अरु केही ऐन पनि पारित गर्नुछ । तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन । संसद खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन् । स्थानीय तहको प्रतिवेदनका सन्दर्भमा पनि पर्याप्त आधार दिएका छौं । कार्यदलको प्रतिवेदन पनि आएको छ । भोलि मन्त्रीपरिषदबाट त्यो प्रतिवेदन पनि पास गरेर कार्यान्वयनमा जान्छ । भोलि हामी सम्पूर्ण सामाग्री निर्वाचन आयोगलाई दिन्छौं । प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिन्छ । स्थानीय निर्वाचनले हामीलाई अनुभव र उत्साह पनि दिन्छ । मौसमका कारण पनि पौष र माघ महिनामा निर्वाचन हुन कठिन हुन्छ । त्यसैले आगामी कार्तिक वा मंसीरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्छ, गर्न सकिन्छ । २०७४ माघ ७ मा संसदको म्याद थप्ने कुरा कल्पना पनि गर्नु हुँदैन । संविधानले दिएको समयसीमा पालना गर्नैपर्छ । संसदको म्याद थप्ने कुरा म कल्पना गर्न सक्दिनँ । संशोधन विद्येयक निर्वाचन अगाडि नै पारित गर्न पहल प्रधानमन्त्री भएदेखि नै थारु, मधेशी र जनजातिका मुद्दा अधिकतम् सम्बोधन गर्ने मेरो प्रयास हो । मधेशी मोर्चालाई पनि सहभागी बनाएरै निर्वाचनमा गइन्छ, मेरो पुरै कोशिस छ । संशोधन विद्येयकलाई निर्वाचन अगाडि नै पारित गर्न चाहन्छौं, त्यसका लागि सबै राजनीतिक दलसँग सम्वाद जारी छ । त्यसका लागि सम्पूर्ण रुपले कोशिस हुन्छ । संशोधन प्रस्तावमा सहमति पनि जारी छ । अहिले गर्ने स्थानीय तहको निर्वाचन हो । स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चाको चासोलाई सम्बोधन गर्ने कोशिस भएको छ । यसले मधेशी मोर्चाको चासो पनि सम्बोधन हुन्छ । बाँकी कुरा सम्बोधन गर्दै जान पनि सकिन्छ । स्थानीय निर्वाचनसँग सम्बन्धित कुरा टुङ्गाएर बाँकी कुरामा सहमति खोज्दै जान सकिन्छ । यो बिकल्प पनि हामीसँग छ । संशोधन विद्येयक थाती राखेर निर्वाचन गर्ने भनेको होइन । तर, संशोधन प्रस्ताव मतदानमा गएपछि जसरी पनि पारित हुनुपर्छ, केही समय लिएर भएपनि संशोधन प्रस्ताव पारित गरौं भन्ने मेरो प्रष्ट मत हो । राप्रपाका नेताहरुले औपचारिक रुपमै संशोधन प्रस्तावको पक्षमा भोट हाल्न सक्दैनौं भनेपछि हामीले संशोधन विद्येयक मतदानमा लान नचाहेको हो । किनकि, त्यसरी जाँदा संशोधन फेल हुन्छ । हामी त्यो चाहँदैनौं । राष्ट्रिय सहमतिको सरकार सम्भव छैन आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन । गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन् । तर, ती सत्य होइनन् । स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ । तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन । आचारसंहिता उल्लंघन गरेको छैन शहिद सप्ताह अन्तर्गतको एउटा कार्यक्रममा म गएको हो । त्यो शहिदलाई सम्मान गर्ने कार्यक्रम हो । त्यो निर्वाचन प्रयोजनका निम्ति गरिएको कार्यक्रम होइन । त्यहाँ कुनै कार्यक्रम घोषणा गरिएको पनि छैन । मैले निर्वाचन आयोगको पूर्व स्वीकृति पनि लिएको छु । त्यसैले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता तोड्नु भन्नु भ्रामक छ । सबैले आफ्नो राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्न पाउँछन् । भर्खरै गृहमन्त्रीजीलाई बोलाएर पनि शान्ति सुरक्षा कायम गर्न भनेको छु । सबैले आफ्ना राजनीतिक गतिविधि गर्न पाउँछन्, पाउनुपर्छ । शान्तिपूर्ण रुपमा हुने क्रियाकलापलाई अवरोध नगर्न र शान्तिपूर्ण रुपमै जान सबैलाई अपील पनि गर्दछु । राजनीतिक स्थीरता र आर्थिक समृद्धि प्राथमिकतामा राजनीतिक स्थीरता र आर्थिक समृद्धि मेरो प्राथमिकता हो । अहिले सम्पन्न लगानी सम्मेलन धेरै उत्साहवद्र्धक भयो । धेरै लगानीकर्ताको सहभागिता रह्यो । १४ अरबभन्दा बढीको लगानीको प्रतिवद्धताले नयाँ सन्देश दिएको छ । अब नेपालमा आर्थिक विकासले गति लिन्छ भन्ने यसले प्रष्ट गर्दछ । सबै मिलेर नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाएका छौं । सबै राजनीतिक दलले एक मतले अपील गरेका छौं । लगानीका लागि नियम कानून प्रभावकारी बनाउनुपर्छ । नियम कानून लगानीमैत्री हुनुपर्छ । दोस्रो राजनीतिक सहमति हो, हामीले लगानीका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छौं । जनताको उत्साह पनि बढेको छ । अब देशमा लगानीको वातावरण बनेको छ । लगानीको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन्छ । लगानीको प्रतिवद्धता कार्यान्वयन हुँदैन भनेर शंका गरिरहनु अब आवश्यक छैन । लगानी कार्यान्वयनमा छिमेकीको सकारात्मक सहयोग नै पाएका छौं, कोही पनि यसमा बाधक छैनन् । जलविद्युतमा लगानी गर्ने उत्साह बढ्दैछ । नेपालमा आएको लगानी प्रतिवद्धता फिर्ता जाँदैन, बरु बढ्दै जान्छ । नेपालमा मेघा हाइड्रो प्रोजेक्टहरु बन्दैछन्, यसमा विदेशी लगानीको आकर्षण छ । जलविद्युत र पर्यटनमा नेपालमा निकै राम्रो सम्भावना छ, त्यसैले लगानीको प्रतिवद्धता घट््दैन, बरु बढ्छ । काठमाडौंमा मेलम्चीको पानी ल्याउने सन्दर्भमा धुँवा, धुलो बढेको छ । म भोलि क्याविनेटमा यस विषयमा कुरा गर्छु । अस्थायी रुपमा कालोपत्रे गर्ने वा अरु केही गर्ने भोलि निर्णय गछौं । हाम्रो कर्मचारीतन्त्र, नियम, कानून र संस्कारमा पनि समस्या छ । अहिले काठमाडौंमा आएको धुँवा, धुलो हटाउन भोलि नै ठोस निर्णय हुन्छ । विदेशका नेपालीका लागि सरकार गम्भीर विदेशमा बस्ने नेपालीहरुको हितमा सरकारले गम्भीर रुपमा लागेको छ । पासपोर्टको शुल्क घटाउने, बीमा रकम बढाउने लगायतका काममा सरकारले आवश्यक निर्णय गरिसकेको छ । साउदीको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ति लगायतको समस्या समाधान गर्ने यथार्थ जानकारी र सुझाव ल्याउन परराष्ट्र सचिवलाई भनेको छु, त्यसमा मेरो कुटनीतिक र राजनीतिक पहल हुन्छ । सत्य निरुपण आयोगले निकै मेहेनत गरेर काम गरेको छ । शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु अघि बढेका छन् । बाँकी काम पनि छिटै अगाडि बढ्छन् । तस्करको नेटवर्क धेरै पुरानो रहेछ । बरु, यो सरकारको पालामा धेरै तस्कर पक्रियौं । मैले लगातार नै कोशिस गरेपछि नै तस्करहरु पक्राउ परेका छन् । हामी तस्करीको मुल जरोमा पुगेर नै त्यसलाई निमिठ्यान्न पार्न खोजेका छौं, त्यसमा सरकार सफल हुँदैछ । यो सरकारको सुशासनकै पहल हो । प्रहरी प्रशासनभित्र असाध्यै इमान्दार राष्ट्रसेवक छन्, एकाध नराम्रा मान्छे भए भन्दैमा सबैलाई दोष दिन मिल्दैन । त्रिविको सिनेटमा मैले स्ववियू निर्वाचन गर्नैपर्छ भनेको थिएँ । पछि केही राजनीतिक विवाद भएपछि सत्ता पक्ष र प्रतिपक्षी राखेर कुरा गरें र समाधान खोजें । स्ववियू निर्वाचनले लोकतन्त्रको अभ्यास भएको छ । यसले जागरण र गतिशीलता बढेको छ, सक्रियता बढाएको छ । स्ववियू निर्वाचनले स्थानीय निर्वाचन सम्पन्न गर्न सकारात्मक सन्देश दिएको छ, निर्वाचनका लागि प्रेरणा दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE