Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

कमल थापाले गरे पदाधिकारी मनोनयन, कसले कुन पद पाए ?

काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गरेका छन् । पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिएका छन् । महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, धवलशम्शेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा उद्धव पौडेल तथा प्रवक्तामा रोशन कार्की, सुशीलकुमार श्रेष्ठ र भुवन पाठकलाई मनोनयन गरिएको छ । यसैगरी सहमहामन्त्रीमा हेमजङ्ग गुरुङ, नीलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुङले जिम्मेवारी प्राप्त गरेका छन् । सहायक महामन्त्रीमा भने बृजलाल यादव, कुन्तीकुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु पहाडी र राजेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । सहप्रवक्तामा मोहन श्रेष्ठ तथा सहायक कोषाध्यक्षमा गिरिधर परियारलाई मनोनयन गरिएको छ । विधानानुसार अध्यक्षको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी गठन गर्नुपर्नेमा अब एक एक सहमहामन्त्री,सहायक महामन्त्री र सहप्रवक्ता मनोनयन गर्न बाँकी छ । आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले पदाधिकारीको मनोनयनबारे जानकारी दिँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जायज र सम्भव भएका माग पूरा गरी निर्वाचनमा उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिए । पार्टीको केन्द्रीय कार्यसमितिको आजकै बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको थियो । बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म देशभर ‘राष्ट्रिय एकता यात्रा’ गर्ने निर्णय पनि गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE