Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

दुव्र्यसनीविरुद्ध एक बन्दै आमाहरु

\"\"बागलुङ, २० फागुन । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ । आफ्ना सन्ततिलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन ‘दुव्र्यसनविरुद्ध आमाहरु’ कार्यक्रम प्रभावकारी हुने सहकारीको विश्वास छ । अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, दुव्र्यसनका लक्षण, दुव्र्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने विविध उपायका बारेमा जानकारी दिइएको छ । यसका साथै आमाहरुसँग अन्तक्र्रिया गरी दुव्र्यसन रोक्ने कार्ययोजनासमेत बनाइने सहकारीका अध्यक्ष अमर थापाले बताए । सहकारीले पहिलो चरणमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान बागलुङ नगरपालिकाका ११ वटै वडा र सात गाविसमा पु¥याउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा नगरपालिकाका साथै पाला, धम्जा, भीमापोखरा, तंग्राम, सिगाना, रेश, रायडाँडा गाविसमा अभियान सञ्चालन गरिनेछ । संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमअन्तर्गत सञ्चालित अभियानका लागि रु दुई लाख बजेटसमेत विनियोजन गरेको छ । सहरका साथै गाउँगाउँमा समेत दुव्र्यसनीको सङ्ख्या बढ्दै जान थालेपछि नयाँ पुस्तालाई दुव्र्यसनमा जानबाट रोक्न र फसेकालाई त्यसबाट सहज अवस्थामा ल्याउन अभियान थालिएको संस्थाका प्रबन्धक रामबहादुर जिसीले बताए । यो कार्यक्रमबाट १० हजार मानिसका बीचमा सहकारीलाई पु¥याउने उद्देश्य राखेको संस्थाले जनाएको छ । जिप्रका बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले लागुपदार्थ दुव्र्यसन, ओसारपसार, बिक्री वितरणजस्ता सामाजिक विकृति रोक्ने काम प्रहरीको मात्र भन्ने सोच व्याप्त देखिएका बेला दुव्र्यसनविरुद्ध आमाहरु अभियान उदाहरणीय कार्य भएको बताए । “दुव्र्यसनको अन्तिम गन्तव्य भनेको अकालमै मृत्यु हो”,, उपरीक्षक खापुङले भने – “आमाहरुले आफ्ना छोराछोरीको राम्रो रेखदेख, माया, सद्भाव, सकारात्मक अपेक्षा राखेर रचनात्मक कार्यमा लगाउन सके यो धेरै हदसम्म रोकिन्छ, यसका लागि आमाहरुलाई पहिले सचेत बनाउने कार्य महत्वपूर्ण हुन सक्नेछ ।” अभियानमा सहभागी बागलुङका प्रजिअ भागिरथ पाण्डेले लागुपदार्थ दुव्र्यसनका कारण, लक्षण, यसबाट बच्ने बचाउने उपायमा अभियान केन्द्रित गर्नुपर्ने सुझाव दिए । “विद्यालय उमेर समूहदेखि युवायुवती यसमा सरिक भएको देखिएको छ”, प्रजिअ पाण्डेले भने – “यो अभियान आमाहरुमा मात्र सीमित नराखी सबै अभिभावकसमक्ष पु¥याउन सके अझ बढी प्रभावकारी हुनेछ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE