Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

के देशको मुख्य समस्या 'प्रचण्ड' नै हुन ? 

अन्तर्राष्ट्रिय मानवाधिकार संस्था, युएन, छिमेकी मुलुकहरु, युरोपियन युनियन, अमेरिका लगायत विश्वका सबै प्रमुख देशहरु र संस्थाहरु नेपालको शान्तीप्रक्रियाको सफलताको जिम्मेवार मानिन्छन् । राष्ट्रिय स्तरमा चलेको सशस्त्र युद्ध भएपनी यसले अन्तर्राष्ट्रिय सुरक्षा चासो र चिन्तनलाई बढाएको थियो । युद्ध गर्नुपर्ने कारणहरु र आधारहरु, युद्धमा भएको मानविय र भौतिक क्षती, युद्धले निम्त्याएको ब्यबस्था परिवर्तन, शान्ति प्रक्रिया र त्यसको ब्यबस्थापन लगायत सबै कार्यमा राष्ट्रिय शक्तिहरु (दलहरु, नेपालका लगभग सबै सरकारी गैरसरकारी संघसंस्थाहरु, राजसंस्था र मुख्य रुपमा जनताहरु ) पनि दिलोज्यान दिएर लागिरहेको यथार्थ हो ।
यहाँ जनताहरु पनि भनिएको छ किनभने, माओबादीलाई शान्तीप्रक्रियामा ल्याउने भुमिका खेलेको दाबी गर्ने तत्कालिन सात राजनीतिक दलहरु र स्वयं माओबादी समर्थकहरु सबैको प्रतिनिधित्व जनताले चुनेकै नेताहरुले गरिरहेका छन् । पहिलो संबिधानसभाको चुनावमा माओबादीले प्रत्यक्षतर्फ लगभग बहुमत ल्याएको स्थिती नै बहुमत जनताले माओबादी र सात राजनीतिक दलहरुबिचमा भएका सम्झौताहरु स्विकारेको अर्थ लाग्छ । बाँकी कुरा तपसिलमै राख्ने हो भने पनि, अधिकांश जनताले युद्धको अन्त्य चाहेको कारणले शान्तिसम्झौताको परिस्थिती निम्तिएको थियो ।
प्रचण्ड नभएको भए, यो देशको समस्या छु मन्तर हुने थियो । प्रचण्ड नभएको भए देशका सबै मान्छेहरु अजर र अमर हुने थिए । प्रचण्ड नभएको भए तिसौंलाख जनता बिदेशबाट फर्केर देशमै रोजगारी गरिरहेका हुन्थे । यि अचम्मका दलीलहरुले जनता भ्रममा पार्न सजिलो हुन्छ, तर समस्याहरुको समाधान गर्न गाह्रो हुन्छ ।
[caption id=\"attachment_104110\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] राजनीतिक संकृणता बोकेका र देश शान्तीपूर्ण रुपमा चलिरहँदा आफ्नो स्वार्थको ठामोठेगान नहुने केहि स्वघोषित बुद्धिजीवीहरुले बाह्रबुँदे सम्झौता बेठीक थियो भनेर जति कुर्लेपनी इतिहासले नेपाललाई बिरासतमा दिएको उपलब्धी त्यही थियो र छ पनि । बिकल्प सहितको बिरोध र बिकल्प रहितको बिरोध गर्ने दुईथरी मान्छेहरु हुन्छन् । सत्रहजार मानिसको ज्यान गएकोमा डाँको छोड्नेहरु सम्झौताले युद्धसमाप्तिको स्थिती सृजना गर्दा पनि किन डाँको नै छाड्छन भन्ने कुरा या त उनिहरुको मानसिक स्वास्थ्य चेक गरेपछि थाहा होला नत्र यसलाई भगवानकै शरणमा छाडौं । रह्यो कुरा उत्तर द्वन्द्व ब्यबस्थापनको । लडेर अनुहारमा घाउ लागेको मान्छेलाई डाक्टरले जति उपचार गरेपनी घाउ भन्दा अनुहारमा लागेको दाग मेटाउन बढी मेहेनेत र समय लाग्छ । द्वन्द्वले त्यस्ता धेरै घाउहरु छोडेको छ । तिनिहरुलाई मेटाउने नाममा झन गिजोल्ने गरियो भने, ति दागहरु मृत्युपर्यन्त रहन्छन् । हामी तिनै दागहरु मेटाउने चरणमा छौं र साथसाथै ब्यबस्था परिवर्तन पछाडिको वातावरणमा अभ्यस्त हुन सिकिरहेका छौं । तर्कशास्त्रले भन्छ, सहि नियतको लागी गलत तर्क र गलत नियतको लागी सहि तर्क तेर्स्याउने दुइवटा मानिसहरु मध्ये दोश्रो बढी स्वार्थी र खतरनाक हुन्छ । यहाँनेर प्रश्न आउँछ, के हामी अझै पनि शान्तिपूर्ण तरिकाले मिलेर बस्न चाहन्नौं ? विश्वभुमन्डलीकरणको यो युगमा हामी संसारको गतिलाई छोडेर आफ्नो दुर्गतीमा फँस्न चाहन्छौं ? यदि चाहन्नौं भने पंक्तिकारसंग केहि बिकल्पहरु छन् । पहिलो बिकल्प भनेको राजनीतिक अर्थब्यबस्थालाई अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा ढाल्नु हो । दोश्रो बिकल्प भनेको आन्तरिक एकतालाई सुदृढ गरेर बाह्य हस्तक्षेपलाई रोक्नु हो । तेस्रो बिकल्प मौजुदा शासनप्रणालीको सदुपयोग गर्दै समयक्रम अनुसार सुधार्दै लैजाने हो र चौथो बिकल्प भनेको मानवाधिकार, न्याय, समानता, समावेशिता र बराबर सहभागितालाई सुनिश्चित गर्दै अघि बढ्ने हो । यिसंगै धेरै अरु बिकल्पहरुको बारेमा छलफल गर्न सकिएला तर यिनिहरुलाई बाईपास गर्न सकिँदैन । अब कुरा गरौं राजनीतिक नेतृत्वको बारेमा । धेरै मानिसहरुलाई प्रचण्ड फोबिया छ । उनी नेपालका प्रधानमन्त्री हुन । उनलाई नरुचाइनुको कारण एउटै हो, सत्रहजारको ज्यान जाने गरेर गरिएको सशस्त्र युद्धको नेतृत्व गर्नु र यो कारण बाहिरबाट हेर्दा सामान्य र मुनासिब देखिएपनी भित्री रुपमा हेर्दा उत्तिकै बाहियात छ । जनतालाई युद्धको बारेमा गलत तरिकाले ब्रीफिङ गरेर भ्रमित पार्न खोजिएको छ । नेपाली समाजमा देखिएका असमानताहरु, अन्याय र बिभेदहरु, राज्यका श्रोतहरु दोहन गर्ने प्रणालीहरु, निरंकुश राज्य ब्यबस्था र अधिकारको अनुचित बाँडफाँडको बिरुद्धमा भावी सन्ततीहरुलाई सहज हुने शर्तमा गरिएको जनताको स्वतस्फूर्त बलिदानीलाई हत्या भनेर कायरहरुले मात्र परिभाषित गर्न सक्छन् । यद्यपि त्यो पुरानो पाटो हो । हुन त, जनताहरु अहिले पनि अधिकारसम्पन्न छैनन् । जनजीविका सहज बनेको छैन । बिकासनिर्माणका कामहरु सहज संचालन भएका छैनन् । अधिकांश जनताले चाहेको आफ्नो कार्यकारी नेता आफैं चुन्न पाउने ब्यबस्था प्राप्त भएको छैन । तर तोक आदेशको भरमा मात्र बजेट बिनियोजन हुने ठाउँमा आजकल नीति र प्रक्रियाको शुरुवात भएको छ । बिकास निर्माणका योजनाहरु बनेका छन्, उर्जाको समस्या समाधान गर्ने प्रक्रियाको शुरुवात भएको छ । अनुहारमा परेको घाउको दाग पुरिन समय लागे झैं, बिकासका पूर्वाधारहरुको निर्माण र सन्चालनमा पनि समय लाग्छ, यो स्वयंसिद्ध तथ्य हो । प्रचण्डले जनयुद्धको नेतृत्व नगरिदिएको भए, प्रचण्डलाई गाली गर्ने वैयक्तिक स्वतन्त्रता पनि कसैसंग हुनेथिएन । यो हावादारी कुरा होइन, यसको प्रमाण पनि छ । ५४/५५ सालतिर गगन थापाले गणतन्त्रको कुरा बहसमा ल्याउँदा कैयौं पटक जेल परेका छन् । जहाँ बैचारिक आस्थाको आधारमा बिभेद गरिन्छ, त्यहाँका गगनचुम्बी महलहरुको हैसियत झाँजले बारेको घरको जस्तो पनि हुँदैन । त्यही स्वतन्त्रताको लागी संसारमा लाखौं मान्छेहरुले आफ्नो जिवनको आहुती दिएका छन्, नेपाल अपवाद होइन । प्रचण्डपथ कति सफल कति असफल भन्ने कुरा बहसको बिषय होला । जनयुद्धमा हिंसाको प्रयोगको स्तर कति थियो र कति हुनुपर्थ्यो, यसलाई पनि बहसकै बिषय मानौं । ध्वंश र निर्माणको सम्बन्ध समानुपातिक हुने की ब्युतक्रमानुपातिक हुने, यो पनि एकप्रकारको बहसकै बिषय हो । यस्ता बिषयहरुको छिनोफानो निरन्तर बहस गरेर हुन सक्छ । तर अहिलेको तत्कालिन आवश्यकता के हो ? एउटा वर्ग छ, उसले देशमा एउटै समस्या औंल्याउँछ त्यो हो प्रचण्ड । त्यो वर्गका कतिपय तर्कहरु जायज होलान तर ति तर्कहरु गलत नियतका साथ प्रयोग हुन्छन । प्रचण्ड नभएको भए, यो देशको समस्या छु मन्तर हुने थियो । प्रचण्ड नभएको भए देशका सबै मान्छेहरु अजर र अमर हुने थिए । प्रचण्ड नभएको भए तिसौंलाख जनता बिदेशबाट फर्केर देशमै रोजगारी गरिरहेका हुन्थे । यि अचम्मका दलीलहरुले जनता भ्रममा पार्न सजिलो हुन्छ, तर समस्याहरुको समाधान गर्न गाह्रो हुन्छ । यद्यपि प्रचण्ड भएर पनि ति समस्याहरु समाधान भएका छैनन् । यसको अर्थ समस्या समाधान गर्ने खुबी प्रचण्ड एक्लैमा छैन किनभने समस्याको श्रोत उनी एक्लै होइनन । सबै कुराको समाधान राष्ट्रिय एकताले मात्र गर्न सक्छ । दोष आरोप प्रत्यारोपले देशको गतिशक्ती त ह्रास हुन्छ नै स्थितीशक्ती पनि क्षीण हुँदै जान्छ । अहिलेको राजनीतिक ब्यबस्था अन्तर्गत रहेर कुनै पनि ब्याक्ती कार्यकारी पदमा पुगे पनि गर्ने यहि नै हो र यत्ती नै हो । आन्तरिक समृद्धि र बाह्य कुटनीति दुबैको उचित तालमेल मिलेको छैन । दलिय स्वार्थको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्धहरु बिग्रँदै गईरहेका छन । नेपालको अन्तर्राष्ट्रिय ब्यापार-बजार हिस्सा दिनानुदिन गुमिरहेको छ । सुधार र परिवर्तन गर्नुपर्ने क्षेत्रहरुलाई थाती राखेर प्रचण्ड र उनको सैद्धान्तिक धरातललाई नष्ट गर्नेतर्फ लाग्दा राजनीतिमा उनी बिस्थापित भएर अर्को कोहि स्थापित त होला, तर समस्याको समाधान चाहिँ हुँदैन । सक्छौं भने राजनीतिक ब्यबस्थाको आमूल कायापलट गर्ने खाका कोरौं । हैन भने मौजुदा ब्यबस्थाभित्रको एउटा पात्रलाई दोष दिएर अरुलाई चोखो नदेखाउँ । भ्रमलाई साहित्यको जलप लगाएर केहि समय जनतालाई भावुक बनाउन सकिएला तर आवश्यकता छ, यथार्थलाई जनतासामु पुर्याउने हस्तीहरुको । माने पनि नमाने पनि प्रचण्ड एउटा बिद्रोहको नेतृत्वकर्ता हुँदै राजनीतिको मुलधारमा आएका नेता हुन् । बितेको एक दशक राजनीतिको टाउकोमा उनी नै घुमिरहेका छन् । जति उनीमाथी रीस, द्वेष, आक्रोश, आलोचना, आरोप थोपरिँदै जान्छ, उनको जिम्मेवारी पनि बढ्दै गईरहेको हुन्छ र त्यो जिम्मेवारीले उनलाई अझ अघि बढ्ने प्रेरणा दिइरहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending