Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कहाँ जान्छन् सिमानाका सिमास्तम्भहरु?

इलाम, नेपाल र भारतको सीमा क्षेत्रअन्तर्गत इलामतर्फका मुख्य, सहायक तथा साना स्तम्भ हराउने र बाकीँ रहेका टुटफुट हुँदै  जीर्ण बन्दै गइरहेका छन् ।
सीमास्तम्भको मर्मतसम्भार, रेखदेख र पूर्ण निगरानी गर्ने जिम्मा पाएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयले चैत ७ देखि ११ गतेसम्म गरेको स्थलगत अनुगमनका क्रममा माईमझुवादेखि श्रीअन्तुसम्मका सीमास्तम्भ एक दर्जनभन्दा बढी मर्मत गर्नुपर्ने, पाँच हराएका र दुईवटा पूर्णरुपमा भत्किएका पाइएका छन् ।
सीमा प्रशासन पशुपतिनगरका प्रमुख लक्ष्मीप्रसाद खरेलले इलामको माईमझुवादेखि जिर्मलेगाविससम्म जङ्गे, सहायक र सामान्य गरी ११६ वटा सीमास्तम्भमध्ये मर्मत गर्नुपर्ने, जीर्ण अवस्थामा पुगेका, हराएका र पूर्ण रुपमा भत्किएका सीमास्तम्भको लगत सङ्कलन गरी मन्त्रालय पठाइएको जानकारी दिए ।
माईमझुवादेखि छब्बिसेसम्म १८ देखि २६ नम्बरसम्मका नौ मुख्य स्तम्भ ९जङ्गे पिल्लर० छन् । त्यस्तै छब्बिसेदेखि तराईको सीमा क्षेत्रसम्म १६ वटा स्तम्भ रहेका छन् । जसमध्ये १, ९, १०, ११, १२, १३, १४, १५ र १६ नम्बरका स्तम्भ मेची खोलाले बगाएको सीमा प्रशासन कार्यालयले जनाएको छ ।
पशुपतिनगर–३ मा रहेका तीन साना ७१÷२१, ७१÷२२ र ७१÷२३ नम्बरका स्तम्भ हराएका छन् । श्रीअन्तु–४ मा रहेको दीपपाल सामुदायिक वन क्षेत्रमा पर्ने ७२÷४ नम्बरको सहायक स्तम्भ र जोगमाई–३ मेघ्मा रहेको ७५÷४ नम्बरको मझौला स्तम्भ हराएका हुन् । ‘पाँचवटा स्तम्भ हराएको पाइयोु–सीमा प्रशासन प्रमुख खरेलले भने–ुहिले क्षेत्रमा यसअघि पनि सीमास्तम्भ हराउने गरेका छन् । स्तम्भसँगै ४६ सहायक पिल्लर छन् । मुख्य र सहायक स्तम्भलाई छुट्याउने ३६ साना स्तम्भ छन् । ‘मर्मत नगर्दा अहिले पनि धेरै सीमास्तम्भ भत्कने, हराउने स्थितिमा पुगेका छन्\'– खरेलले भन्नुभयो–‘लेउ र झ्याउले पुरिएर मर्मत गर्नुपर्ने स्थितिमा पुगेका सीमा स्तम्भ सशस्त्र, जनपद प्रहरीको सहयोगमा सामान्य मर्मत र रङ्रोगनसमेत गरिएको छ ।\' श्रीअन्तु–८ मा रहेको ७२÷६, ७२÷३, पशुपतिनगर–४ मा रहेका ७२÷२५, ७१÷२०, ७१÷२४, ७१÷२५, ७१÷४, ७१÷६, ७१÷७, ७१÷८, ७१÷९ र ७१÷१० नम्बरका साना स्तम्भ सामान्य टुटफुट भएका छन् । सामान्य टुटफुट भएका स्तम्भलाई पनि मर्मतसम्भार गर्नुपर्ने देखिएको सीमा प्रमुख खरेलले जानकारी दिए । यसैगरी, जोगमाई–३ मा रहेको ६५÷३, १९ र जौबारीमा रहेको ७२÷२ नम्बरको स्तम्भ मर्मत गर्नुपर्ने भएको अनुगमनका क्रममा पाइएको छ । यसअघि सीमा प्रशासन, इलाका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको एक टोलीले सीमा क्षेत्रमध्ये इलामपट्टिका सीमास्तम्भको निरीक्षण गरेको थियो । इलामको माईमझुवा–८ को आहाल गैरीमा रहेको ५८÷३ नम्बरको मुख्य सीमास्तम्भ हराएको छ । गोर्खे–४ मच्र्याङमा रहेको १९÷१ र १९÷३ का बीचमा पर्ने १९÷२ नम्बरको सहायक स्तम्भ र श्रीअन्तु–८ को छब्बिसेमा रहेको ७२÷७ ९एम ४० नम्बरको स्तम्भ पूर्णरूपमा ध्वस्त भएको सीमा प्रशासन कार्यालय पशुपतिनगरले जनाएको छ । सीमास्तम्भ व्यवस्थित नहुँदा इलामको मेघ्मा, तुम्लिङ, हिले, लामिधुरा, छब्बिसेलगायत दर्जनभन्दा बढी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले समय–समयमा नेपाली भूमि अतिक्रमण गर्ने गरेको छ । सीमा प्रमुख लक्ष्मीप्रसाद खरेलको नेतृत्वमा नापी सर्भेक्षक मनोजकुमार यादव, प्रहरी नायब निरीक्षक घनश्याम राय, सशस्त्र प्रहरी सहायक निरीक्षक डिल्लीराज नेम्वाङ र वरिष्ठ हबल्दार गणेश पाण्डे तथा भारतीय सीमा सुरक्षा बल एसएसबी, भूमिसुधार कार्यालयको प्रतिनिधिलगायतका टोलीले नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको निरीक्षण तथा अवलोकन गरेको हो । सीमास्तम्भको मर्मतसम्भार, जीर्णोद्धार, रङ्रोगनका लागि केन्द्रबाट पहल नै नभएको सीमा प्रमुख खरेलको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending