Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण

\"\"भद्रपुर, १७ फागुन । नेपाल–भारत दशगजा क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको नेतृत्वको समूहले सोमबार निरीक्षण एवम् अवलोकन ग¥यो । सो समूहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सीमा सुरक्षा कार्यालय, भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ, राष्ट्रिय अनुसन्धान कार्यालय, भद्रपुरका उपनिर्देशक कृष्ण खनाल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोल सहभागी थिए । निरीक्षणमा सहभागीले भद्रपुरस्थित १०१ नम्बरदेखि गौरीगन्जको १५१ नम्बरसम्मको सीमा स्तम्भ निरीक्षण अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । नेपाल–भारत सीमा सर्भेक्षण कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र झापा जिल्लामा रहेका सीमा स्तम्भको मर्मत, हराएका स्तम्भको निर्माण तथा दशगजा क्षेत्रको अतिक्रमणसम्बन्धी विवरण सङ्कलन गर्ने कार्य विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ । सोही कार्यक्रमको निरन्तरतास्वरुप बाँकी रहेका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने कार्य यस वर्ष पनि सुरुवात भइसकेको छ । यसका लागि झापाको विर्तामोडमा गएको पुस ७ गते नेपाल–भारत सीमा सर्भेक्षणसम्बन्धी गठित फिल्ड सर्भे टिम ९एफएसटी०को संयुक्त बैठक बसेको थियो । बैठकमा भारतका तर्फबाट सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डिस्ट्रिक्ट मजिस्ट्रेटले नेतृत्व गर्नुभएको उक्त संयुक्त बैठकमा नेपालका तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, नापी कार्यालय तथा भवन डिभिजन कार्यालयका प्रमुखको उपस्थिति थियो भने भारतका तर्फबाट किसनगन्ज, अररिया र सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकाय तथा वन कार्यालयका प्रमुखको उपस्थिति थियो । सोही बैठकको निर्णयबमोजिम हाल सीमा सर्भेक्षणका कार्य भइरहेको कुरा नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले बताए । नेपाल–भारत सीमा सर्भेक्षणको सन्दर्भमा हालसम्म ६२ वटा हराएका स्तम्भको अवस्थितिको पहिचान भएर ४५ वटा नयाँ स्तम्भको निर्माण भइसकेको छ भने अन्य निर्माण हुने क्रम जारी छ । नापी विभागको टोलीले सीमा क्षेत्रका जीर्ण अवस्थाका ५५ वटा सीमा स्तम्भको मर्मत कार्य पनि सम्पन्न गरिसकेको छ भने अन्य नयाँ तथा जीर्ण स्तम्भको मर्मत गर्ने कार्य जारी रहेको नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले बताए । यसैगरी, सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा झापाका प्रमुख जिल्ला अधिकारी खत्रीले सीमा क्षेत्रमा रहेका केचना प्रहरी चौकीका प्रमुख र इलाका प्रहरी कार्यालय, गौरीगन्जका प्रमुखलाई निर्देशन दिँदै सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा विस्तृत जानकारी लिएका थिए । साथै, निरीक्षण एवम् अवलोकन पछि नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले नेपाल–भारतको दशजगा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा क्षेत्रको अतिक्रमणको नक्साङ्कन भइसकेको छ र यसबाट कति क्षेत्रफल अतिक्रमण भएको छ त्यसको विवरण केही समयपछि जानकारी दिने बताए । । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE