Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

विवेकशीलले दियो धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख

\"\"काठमाडौं, १४ फागुन । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानलाई सहयोग गर्न नगद पाँच लाख रूपैयाँ रुपैयाँ सहयोग गरेको छ । दलको कार्यालय काठमाण्डौँमा शनिवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्‌को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले सो रकम फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरेका थिए । फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको थियो । पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले बताए । उनले भने, ‘भूकम्प गएलगत्तै भएको राहत तथा उद्धार कार्यक्रममा हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो । उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा उहाँहरुले सुरु गर्नुभएको पुनर्निर्माण अभियानलाई पार्टीको तर्फबाट सहयोग प्रदान गरेका हौं । उहाँहरुको जस्तो पारदर्शी र प्रभावकारी अभियानमा सहभागी हुन पाउँदा हाम्रो पार्टी खुसी व्यक्त गर्दछ ।’ रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका संस्थापक सीताराम कट्टेल आफ्नो फाउन्डेसन विवेकशील नेपालीको यस सहयोगप्रति कृतज्ञ भएको बताए । उनले भने, ’विवेकशील नेपाली दलको यो सहयोगप्रति हामी कृतज्ञ छौं । यस सहयोगले मानवता र सद्भावका लागि सहकार्यस राष्ट्र निर्माण, तपाईं हाम्रो अभियान अन्तरर्गतको महोत्तरीको बर्दिबासमा निर्माण भैरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अगाडि बढाउन मद्दत पुर्याउँछ । उक्त कार्यक्रमलाई अगाडि बढाउन रकम अभाव भएको कुरा हामीले केही समय अगाडि सार्वजनिक गरेका थियौं । त्यस आह्वानलाई सुनेर सहयोगको प्रदान गर्नको लागि पहल गरिदिनुहुने सबैप्रति म पुनस् धन्यवाद दिन चाहन्छु ।’ उनले थपे, ‘विवेकशील दलको बारेमा मैले नजिकबाट बुझिरहेको छु र यहाँहरुको सकारात्मक कार्यहरुको म प्रशंसा गर्दछु । ’ उक्त कार्यक्रममा विवेकशील नेपाली दलको पहिलो राष्ट्रिय परिषद्को लागि भेला भएका विभिन्न जिल्लाका प्रतिनिधिहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिति थियो । उक्त फाउण्डेसनले महोत्तरीमा एकिकृत नमुना मुसहर बस्ती बनाउँदै छ । यसअघि सिन्धुपाल्चोक र काभ्रेका भूकम्प पीडितहरुलाई एकिकृत नमुना बस्ती निर्माण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE