Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

ओखलढुङ्गा, १४ फागुन । प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ । बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादले राष्ट्रिय राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा छलछाम, षड्यन्त्र र हस्तक्षेप थोपरेकोलगायत दस बुँदे रुम्जाटार घोषणापत्र, २०७३ समेत जारी गरेको छ । घोषणापत्र जारी गर्दै प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले भने, “न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि बुर्जुवा र उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवम् सिर्जनात्मक अभियान सञ्चालन गरिनेछ ।” उनले आगामी जेठमा प्यूठानमा राष्ट्रियता चेतनासम्बन्धी राष्ट्रिय गोष्ठी, सबै प्रदेशमा भेला, केन्द्रमा नियमित परिसंवाद तथा मैथिली भाषाबारे जनकपुर र महेन्द्रनगरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए । बैठकले करिब दुई दसकदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासका सन्दर्भमा सकारात्मक रहेको ठहर गरेको छ । राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवम् संकृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानात्कका कार्यक्रम सञ्चालन तथा साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार र सम्मानलाई वस्तुवादी मूल्याङ्कनका माध्यमबाट दिइने परम्पराको थालनी गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ । प्राज्ञ नर्मदेश्वरी सत्यालले स्रष्टाहरुले संस्कृति सुधार र लैङ्गिक संवेदनशीताका क्षेत्रमा पर्याप्त काम गर्न सक्नुपर्ने बताउँदै राष्ट्रियतामा उत्पन्न खतरा चिर्न र राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बुद्धिजिवी गोपीरमण उपाध्यायले प्रगतिशील साहित्यिक क्षेत्र आफैमा समृद्ध भए पनि राज्यका निकायबाट सम्मानजनक व्यवहार हुने नसेको बताउँदै प्रलेसको रुम्जाटार घोषणापत्र कार्यान्वयन भएमा संस्कृति रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बैठकले ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको प्रशंसा गर्दै रुम्जाटार विमानस्थलको स्तरोन्नति, पर्यटन र शैक्षिक गन्तव्यस्थलको विकास एवम् जनजीविकाका सवालमा राज्यले प्राथमिकता दिनुपर्ने माग गरेको सङ्घका महासचिव आरएम डङ्गोलले जानकारी दिए । जिल्ला समिति घोषणा यसैबीच युवराज दाहालको अध्यक्षतामा प्रलेस ओखलढुङ्गा जिल्ला समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा दुर्गा लिम्बू, सचिवमा बोधनारायण श्रेष्ठ, कोषाध्यक्ष मनोज भट्टराई, सहसचिव कुमार काफ्ले तथा सदस्यमा मुना खतिवडा, विकास राई, शिवप्रसाद ढुङ्गाना, जीवन परिवार, हरिप्रसाद धमला, उर्मिला घिमिरे र बोधराज पौडेल छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies